Latest Posts +

Popular Posts +

राष्ट्रिय युवा वक्तृत्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न

Kendra news
May 27, 2025
[et_pb_section fb_built=”1″ admin_label=”section” _builder_version=”4.16″ global_colors_info=”{}”][et_pb_row admin_label=”row” _builder_version=”4.16″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat” global_colors_info=”{}”][et_pb_column type=”4_4″ _builder_version=”4.16″ custom_padding=”|||” global_colors_info=”{}” custom_padding__hover=”|||”][et_pb_text admin_label=”Text” _builder_version=”4.16″ background_size=”initial” background_position=”top_left” background_repeat=”repeat” global_colors_info=”{}”]

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नेपाफे (नेपालिज एसोसिएसन अफ एग्रीकल्चर, फोरेस्ट्री एण्ड इन्भायरमेन्ट इन अस्ट्रेलिया) ले फेडेरेसन अफ नेपालिज कम्युनिटी एसोसिएसन्स अफ अस्ट्रेलिया (FeNCAA) तथा प्रोमेट सपोर्ट अस्ट्रेलिया (FeNCAA नेटवर्क अन्तर्गत) को सहकार्यमा २०२५ मे २४ मा राष्ट्रिय युवा वक्तृत्वकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेको छ।

यो कार्यक्रमलाई Climate Action Network Australia (CANA) ले आफ्नो सानो अनुदान कार्यक्रम मार्फतआर्थिक सहायता गरेको थियो।

“Melting Ice, Rising Seas: How the Himalayas Connect to Climate Change” भन्ने विषयमा आधारित यस प्रतियोगिताले अष्ट्रेलिया र नेपालका युवाहरुलाई जलवायु परिवर्तनप्रति सचेत बनाउँदै वातावरणीय मुद्दाहरूमा आवाज उठाउन अभिप्रेरित गर्‍यो।

कार्यक्रममा FeNCAA अध्यक्ष श्री बम योन्जन, संस्थापक अध्यक्ष डा. राजु अधिकारी, र नेपाफेका मानार्थ सदस्य डा. होम पन्त को विशेष उपस्थिति रहेको थियो। साथै रिसायकल टु रिभाइभ इन्क का अध्यक्ष श्री भास्कर रेग्मी ले सामुदायिक रिसायक्लिङ प्रयासहरूको माध्यमबाट जलवायु परिवर्तन न्यूनीकरणका लागि सम्भावित उपायहरूबारे विशेष टिप्पणी गर्नुभयो।

प्रतियोगिताको मूल्याङ्कन गर्न प्रतिष्ठित निर्णायक प्यानलमा डा. सीताराम घिमिरे, डा. राम आचार्य, र डा. बुद्धी चौधरी रहनुभएको थियो, जसले सहभागीहरूको उत्कृष्ट प्रस्तुतीको निष्पक्ष रूपमा मूल्याङ्कन गर्नुभयो।

कार्यक्रमको अध्यक्षता नेपाफे अध्यक्ष डा. याकिन्द्र तिमिल्सेना ले गर्नुभएको थियो भने कार्यक्रमको समन्वय तथा सञ्चालन संघका सचिव सुजन न्यौपाने को नेतृत्वमा सम्पन्न भयो।

प्रतियोगितामा विजयी स्थान हासिल गर्ने प्रतिभाहरू निम्नानुसार छन्:

     

      • प्रथम स्थान: प्रभा ठाकुर – $300 नगद पुरस्कार तथा प्रमाणपत्र

      • दोस्रो स्थान: आर्या अधिकारी – $200 नगद पुरस्कार तथा प्रमाणपत्र

      • तेस्रो स्थान: प्रकृति बराल – $100 नगद पुरस्कार तथा प्रमाणपत्र

    यस प्रतियोगिताले जलवायु वकालतका लागि युवाहरूको सशक्त आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनु भएका सम्पूर्ण सहभागीहरू, निर्णायकहरू, समर्थकहरू र साझेदारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

    #EverestDay2025 #NEPAFE #FeNCAA #CANA #YouthClimateAction #RecycleToRevive #MeltingIceRisingSeas #ClimateJustice #Sustainability #YouthVoices #HimalayanClimate #InternationalEverestDay

    [/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]

    Comments

    Trending