Latest Posts +

Popular Posts +

ह्यारिस्बर्गमा १६० औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न!

Kendra news
August 24, 2025

नाराद आचार्य -अमेरिका अगष्ट २३-२०२५।
त्रिवेणी साहित्य मञ्च अमेरिकाको आयोजनामा भर्चुअल माध्यमबाट १६० औं मोती जयन्ती भव्य रुपमा मनाएको छ । कार्यक्रममा गजल विधालाई विशेष प्राथमिकता दिइएको थियो । युवा कवि मोतीराम भट्टले नै नेपाली भाषामा गजलको थालनी गरेको इतिहासलाई स्मरण गर्दै मोतीराम भट्टको संक्षिप्त जीवनी मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले प्रस्तुत गर्नुभएको थियो । मञ्चका अध्यक्ष केशव बैरागी माइलो , युवा गजलकार निशा पाण्डे , बरिष्ठ साहित्यकार गण्डकी पुत्र, गायक बालकृष्ण न्यौपाने, युवा साहित्यकार त्रिविक्रम न्यौपाने लगायतका सशक्त साहित्य सर्जकहरुको बाक्लो उपस्थिति रहेकोे कार्यक्रममा दर्जन गजल , कविता र मुक्तक वाचन गरिएको थियो ।

शाखा प्रमुख ओम घिमिरेको अध्यक्षतामा रहेको कार्यक्रम मञ्च कै सचिव नाराद आचार्य “सुदामा” ले मिठो शैलीमा संचालन गर्नुभएको थियो ।

उपस्थित सबै सर्जकलाई धन्यवाद ज्ञापन गर्ने क्रममा मोतीराम भट्ट नेपाली साहित्यका धरोहर भएका कारण उहाँ कहिल्यै बिर्सन नहुने भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Comments

Trending