Latest Posts +

Popular Posts +

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (NRNA)मा औपचारिक रूपमा आबद्ध: उमेश ढकाल द्वारा उम्मेदवारी दर्ता

Kendra news
July 12, 2025

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (NRNA)मा औपचारिक रूपमा आबद्ध: उमेश ढकाल द्वारा उम्मेदवारी दर्ता 

क्यानबेरा अष्ट्रेलिया – जुलाई २०२५
गैरआवासीय नेपाली संघ (NRNA) अष्ट्रेलियाको २०२५–२०२७ कार्यकालका लागि निर्वाचन यही जुलाई २६ तारिखमा हुनेभएको छ। निर्वाचन नजिकिँदै गर्दा विभिन्न पदका लागि उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी घोषणा गर्दै चुनावी अभियान तीव्र बनाएका छन्।यसै क्रममा म मेरो उम्मेदवारी सँगै NRNA अष्ट्रेलियामा औपचारिक रूपमा आबद्ध हुनको लागि सानो एकाई बाट सुरुवात सहित आज भएको उम्मेदवारी दर्तामा उमेश ढकाल ले आफ्नो नाम दर्ता  गराएका छन्। आउँदो चुनावको लागिक्यानबेरा राज्य समिति सदस्य

 मा आफ्नो आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता सँगै उनले केन्द्र न्युजसँग उनले आफ्नो धारणा यस प्रकार व्यक्त गरेका छन्। 

उम्मेदवारी सम्बन्धमा केन्द्र न्युजसँग उनको धारणा जस्ताको त्यस्तै साभार गरिएको:

हुनत सामाजिक कार्यहरू गर्न कुनै पद चाहिँदैन पनि भनिन्छ; हुन पनि पदले काम गर्ने चाहिँ होइन तर काम गर्न एउटा अवसर, प्लेटफर्म अवश्य चाहिन्छ।

आज सम्म प्रत्यक्ष-अप्रत्यक्ष रुपमा संस्थागत वा व्यक्तिगत केही कामहरू गरिएको होला वा केही गर्ने योजनाहरू सार्वजनिक भएका र हुने क्रममा होलान् ।यिनै कदमहरुले नै एउटा नयाँ खुड्किलो माथि जानको लागि फेरि अर्को नयाँ अभियान मार्फत जोडिन आएको छु।

आगामी कार्यकालमा जुन समूह-व्यक्तिले जित्नु हुन्छ ।उक्त समूह-व्यक्तिले अवश्य पनि साथ सहयोग दिनुहुनेछ र मेरो तर्फबाट पनि भरपुर साथ सहयोग रहनेछ।

यस सन्दर्भमा मैले क्यानबेरा राज्य, अष्ट्रेलियामा बसेर गर्न सक्ने केही विषयका एजेन्डाहरु निम्न छन्:


  • क्यानबेरामा विद्यार्थीले आफ्नो कुनै पनि असुविधा परेको खण्डमा NRNA अष्ट्रेलियामा सिधा सम्पर्क गर्नको लागि सम्पर्क केन्द्र खडा गर्न पहल गर्ने
  • विगतमा एनआरएनले गरेका कमी कमजोरीहरुलाई सुधारको लागि सुझाव दिने र नदोहोर्याउन पहल कदमी गर्ने
  • कम्तिमा क्यानबेरा राज्य सदस्यहरुलाई नेपाली सामुदायिक कार्यक्रमहरूमा भोलेन्टियर रूपमा प्रबन्ध गराउन पहल गर्ने
  • अष्ट्रेलिया ACT राज्य सरकारको सामुदायिक कार्यक्रम अंतर्गत नेपाली समुदायको कार्यक्रम सहभागिता गराउने
  • संस्थागत पारदर्शिता र जवाफदेहिताको लागि माथिल्लो तहसम्म लैजाने
  • दिगो विकास र नेपाली पहिचान प्रवर्द्धन गर्ने
  • NRNA ACT अन्तर्गत सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा लागू गर्न लगाउने र व्यक्तिगत रुपमा नयाँ सामाजिक उत्तरदायित्व कार्यक्रमहरु ल्याउने

यी र यस्तै कार्यक्रम एकाइ बाट सम्पन्न भएमा यसले समाजमा सामुदायिक भूमिकामा प्रभाव पारेको देख्न सकिन्छ। यिनै वाचाहरू पुरा गर्ने अठोट सहित आउँदो चुनाव मार्फत एनआरएनए अष्ट्रेलिया क्यानबेरा राज्य समूहको सदस्य मार्फत आबद्ध हुन प्रयास गरेको छु। तपाईंहरू सम्पूर्ण क्यानबेराबासीहरुको साथ सहयोग हौसलाको पूर्ण अपेक्षा गर्दछु।

धन्यवाद

उम्मेदवार

उमेश ढकाल

गैरआवासीय नेपाली संघ (NRNA),अष्ट्रेलिया

क्यानबेरा राज्य समिति सदस्य

 

Comments

Trending