Latest Posts +

Popular Posts +

जितको सुनिश्चितता सहित क्यानबेरामा टिम ललितको चुनावी तयारी अन्तिम चरणमा-एनआरएनए अस्ट्रेलिया क्यानबेरा

Kendra news
July 24, 2025

एनआरएनए अस्ट्रेलियाको आगामी चुनावमा क्यानबेरा-एसिटी राज्यमा राज्य संयोजक पदको लागि  एक सशक्त प्रभावशाली उम्मेदवार ललित मल्ल को टिमले आफ्नो चुनावी तयारी सम्पूर्ण रुपमा अन्तिम चरणमा रहेको बताएको छ। आगामी शनिबार २६ जुलाई २०२५ मा हुने निर्वाचनमा एक सशक्त टिम जसको नेतृत्व ललित मल्लजी ले गर्नुभएको छ।  सही समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो योजना- एजेन्डा सहित चुनावमा भाग लिएको यस टिमले आफ्नो एजेन्डा कार्यान्वयन गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ। आफ्नो टिम सामाजिक गतिशीलतामा यस क्षेत्रमा परिचित भएको तथा निर्वाचन समितिको नियम, मान्यता तथा आचारसंहिता भित्र रहेर आफ्नो सम्पूर्ण टिम बनाइएको हुनाले जित सुनिश्चित हुनुपर्ने विश्वास व्यक्त गर्नुभएको छ। हाम्रो एजेन्डाहरू समुदायको लागि गर्नैपर्ने र गर्न सकिने कार्यहरू भएकोले सम्पूर्ण क्यानबेरा बासी नेपालीहरुले साथ सहयोग दिनुहुनेछ भन्ने पूर्ण विश्वास रहेको राज्य संयोजक पदको उम्मेदवार ललित मल्ल बताउनुहुन्छ। यसैगरी बुधबार भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एक उत्साहजनक रुपमा उपस्थिति र भव्य रुपमा कार्यक्रम सम्पन्न भयो जसले गर्दा अझ थप हौसला, उत्साह प्राप्त भएको बताउनुहुन्छ। यसको लागि सम्पूर्ण उपस्थित व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।

 टिम ललितमा निम्न उम्मेदवारहरू रहनुभएको छ : 

एसिटी राज्य संयोजक पदको उम्मेदवार: ललित मल्ल 

एसिटी राज्य उप-संयोजक पदको उम्मेदवार: सतिश गुरुङ

एसिटी राज्य  सचिव पदको उम्मेदवार: नवीन पौडेल।

एसिटी राज्य   सह-सचिव पदको उम्मेदवार: अजय रानाभाट

एसिटी राज्य   कोषाध्यक्ष पदको उम्मेदवार: दीक्षान्त ढुंगेल

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: सिलु घिमिरे 

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: उमेश ढकाल 

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: प्रीतम जंग गुरुङ

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: रन्जित रेग्मी

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: बुद्धिसागर भुर्तेल

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: अमृत पौडेल

एसिटी राज्य  सदस्य पदको उम्मेदवार: ज्योति घिमिरे

एसिटी राज्य  महिला संयोजक पदको उम्मेदवार: यसुना नकर्मी

एसिटी राज्य  महिला उप-संयोजक पदको उम्मेदवार: सोनु महर्जन

एसिटी राज्य  महिला  सदस्य पदको उम्मेदवार:यमुना कँडेल

एसिटी राज्य  युवा संयोजक पदको उम्मेदवार: अमित पाण्डे

एसिटी राज्य  युवा उप- संयोजक पदको उम्मेदवार: सुवास तिवारी

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: विशाल सुवेदी।

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: सुभाष सुवेदी

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: मञ्जु केसी

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: सिजन रानाभाट

यसमध्ये निम्न उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसक्नुभएको छ। 

एसिटी राज्य  महिला उप-संयोजक पदको उम्मेदवार: सोनु महर्जन

एसिटी राज्य  महिला  सदस्य पदको उम्मेदवार:यमुना कँडेल

एसिटी राज्य  युवा उप- संयोजक पदको उम्मेदवार: सुवास तिवारी

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: विशाल सुवेदी।

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: सुभाष सुवेदी

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: मञ्जु केसी

एसिटी राज्य  युवा सदस्य पदको उम्मेदवार: सिजन रानाभाट

यसैगरी एनआरएनए अस्ट्रेलियाको आगामी चुनावमा क्यानबेरा-एसिटी राज्यमा राज्य संयोजक पदको लागि त्रिपक्ष भिडन्त हुने भएको छ।राज्य संयोजक पदको  लागि ललित मल्ल, बिनोद उप्रेती, अभिषेक उप्रेती को उम्मेद्वारी दर्ता भएको छ। तीनैजना आफ्नै एजेन्डाहरू सहित चुनावी मैदानमा उत्रिने घोषणा गर्नुभएको छ। १८सय माथि मतदाता रहेको यस राज्यमा धेरै संख्यामा नेपाली समुदायबाट सञ्चालित विभिन्न संघसंस्था रहेका छन्। त्यसैगरी ललित टिमलाई  राष्ट्रिय अन्तर्गत सन्तोष कुँवरको टिमको समर्थन आएको छ।

 

Comments

Trending