१ करोड जनताको सहर, तर पानी छैन — इरानको राजधानी तेहरानमा शताब्दीकै भीषण पानी संकट छाएको छ। बाँधहरू सुक्न थालेका छन् र घरका दोस्रो तलामाथि पानी पुग्न छाडेको छ।
राष्ट्रपति मसुद पेजेस्कियानले चेतावनी दिएका छन्, “पानीको खपत नघटाए राजधानी सुक्नेछ।” जलाशयमा अहिले जम्मा १४% पानी बाँकी छ।
खडेरी, गर्मी र वर्षौंदेखिको खराब नीति संकटको मुख्य कारण हो। तर सरकार घरायसी उपभोगलाई दोष दिँदा आलोचना चुलिएको छ – किनभने ८६% पानी कृषि क्षेत्रमा खर्च हुन्छ।
सरकारले नागरिकलाई ट्यांकी र पम्प राख्न, पानी जोगाउन अपिल गरेको छ।
Comments