नाराद आचार्य “सुदामा “पेन्सलभेनिया अमेरिका
अगस्ट ३१
गत आइतबार अमेरिकाको पेन्सलभेनिया राज्यको राजधानी ह्यारिस्बर्गमा रहेको हिमालयन तेक्वान्दोले दोस्रो हिमालयन ओपन च्याम्पियनसिप आयोजना गर्न लागेको छ । २४ स्कुलका ३ सय बढी खेलाडी सहभागी हुने पक्का भइ सकेको र धेरै स्कुल थपिने क्रम जारी रहेको हिमालयन तेक्वान्दोका सिइओ तथा मुख्य प्रशिक्षक मास्टर नकुल शर्माले पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको थियो । बोल्ने क्रममा ४ सय माथि खेलाडीले सहभागिता जनाउने लक्ष्य राखिएको समेत बताउनु भएको थियो ।
पत्रकार सम्मेलन गर्दा सम्म आठ राज्यका तेक्वान्दो स्कुलबाट सहभागी हुने निश्चित भएको बताउनु भएको थियो । च्याम्पियनसिप ग्रेटर ह्यारिस्बर्ग भित्रै राखिएको र सेप्टेम्बर १३ मा बिहान् ९:०० बाट 1125 Park Dr, Palmyra, PA 17078 मा सुरु हुँने जानकारी केन्द्र न्युज अस्ट्रेलियालाई जानकारी शर्माले गराएका छन् ।
पहिलो हिमालयन ओपन च्याम्पियनसिप भन्दा दोब्बर स्कुलले उत्सुकताका साथ सहभागी हुने खबरले अझ धेरै उर्जा थपिएको कुरा थप्नु भएको थियो । च्याम्पियनसिपका लागि कार्य विभाजन पनि गरिएको थियो ।
पत्रकार सम्मेलनमा मास्टर माउसा , तेक्वान्दो प्रशिक्षक राम अधिकारी , पुनम दुलाल लगायत थुप्रै अभिभावक र धेरै सिनियर खेलाडी उपस्थित थिए । अभिभावकको सल्लाह सुझाव लिएर कार्यक्रम बनाउँदा अझ राम्रो र सहज हुने कुरामा मास्टर शर्मा जोड दिएका थिए ।
हिमालयन तेक्वान्दो पेन्सल्भेनिया राज्य नेपाली भाषीले सन् २०१८ देखि संचालन गरेको पहिलो स्कुल हो भने अहिलेसम्म ५ दर्जन बढी खेलाडीले ब्ल्याक बेल्ट उतिर्ण गरिसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका अनुभवी खेलाडीहरु यस स्कुलमा निरन्तर आफ्नो सीप र दक्षता खारिरहेका छन् ।
Comments