Latest Posts +

Popular Posts +

लघुकथा – भित्री रहस्य

Kendra news
September 10, 2025

 

✍️ नारदप्रसाद आचार्य ‘सुदामा’

मदनले छातीमा घन बजार्दै, गहको डिलमा आँसू रोकेर भन्यो, “के तिमीलाई मलामी चाहिदैन कान्छो?”

मलाई उसको बोलीले चसक्क छोयो । म उसको घरमा पुगेँ । गाउँले नाता भएपनि हामी बंशजकै सन्तान झैँ थियौँ । भन्दा विश्वको ध्यान आकर्षण गर्ने मुलुक। यता आउन मान्छेले जिन्दगीलाई धितो राखे । आख़ीर के का लागी? सायद स्वप्नाको बगैँचामा फूल भुलाउन होला । रहरको खेति उठाउन होला । मनको सानो सन्दुकमा देसको तस्वीर टासेर हिँडियो । प्रातः कालको कलीलो मिरमिरे देखि छिपिएको रात सम्म भाग दौड़मा वित्यो । हेर्दा- खेलाड़ी जस्तै भागाभाग थियो । न सन्तुष्टको श्वास फेर्न पाउनु ।

पैसामा प्रकृति किन्न सकिदैन थ्यो । हावा थियो, वासन थिएन । भाषा थियो , मिठास थिएन । नदी थियो, नदीमा संगीतको धुन थिएनन् । गगन थियो , मृत्तिका थियो तर सुगन्ध थिएन । दिन,रात,साँझ,बिहान,चन्द्र सूर्य र नवग्रह सबै-सबै थिए तर धरा (जन्मभूमि) थिएन । मानव थिए तर मानवता थिएन । म अमेरिकी जीवन देखेर सोच मग्न बनेँ ।

“मनमा लागेका दुःख पीडालाई लुकाएर अपरिचित ब्यक्तिसंग पनि प्रभातको लालि जस्तै खुल्नु पर्छ। ” वसन्तको बाघ झैँ नैराश्य स्वरमा मुना बोली ।

क्षणभरमा पल्लो छिमेकीले उत्सब मनायो । बाजागाजाको धुनहरु सुन्नमा आयो । हामी काकाको दाह संस्कारमा थियौँ । पीडामा साथ दिन कोही आएनन् । स्वार्थको संसार देखेर म तर्सिएँ । बाध्य भएर म बोलेँ, ” यता शव यात्रा हुँदा उता छिमेकीको घरमा उत्सव हुन्छ, मानवता मर्दैन र ? ”

— हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका

Comments

Trending