Latest Posts +

Popular Posts +

समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका : आशा उपरकोटी

Kendra news
July 21, 2025

समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण छ। नयाँ पुस्ताले नवीन सोच, ऊर्जा र प्रविधिको सहारा लिएर सामाजिक अन्याय, विभेद र शोषणको अन्त्य गर्न सक्ने क्षमता राख्छ। उनीहरूले समानता, न्याय र समावेशीताको मूल्यलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्। शिक्षित, सचेत र प्रगतिशील युवा वर्गले समाजवादको सिद्धान्तलाई व्यवहारमा उतार्न सक्ने भएकाले उनीहरूको सक्रिय सहभागिता समाज रूपान्तरणको मेरुदण्ड हो।

समाजवाद निर्माणमा नयाँ पुस्ताको भूमिका केवल महत्वपूर्ण छ, यो अनिवार्य पनि हो। आजको युवा पुस्ता परिवर्तनको मुख्य शक्तिका रूपमा अघि सर्नु पर्छ। उनीहरूमा ऊर्जा, उत्साह, नवीन विचार र प्रविधिको ज्ञान छ, जसले समाजमा विद्यमान असमानता, शोषण र अन्यायको अन्त्य गर्न मद्दत गर्छ। समाजवाद केवल विचार होइन, व्यवहारमा लागू गर्ने प्रक्रिया हो, र यसका लागि युवाहरूले शिक्षा, नीतिगत सचेतना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्छ।

युवाहरूले नेतृत्व गर्न, गलतविरुद्ध आवाज उठाउन, र सबैको अधिकार सुनिश्चित गर्ने सामाजिक आन्दोलनहरूमा सहभागी हुन जरुरी छ। यदि युवाहरू निष्क्रिय भए भने समाज पुरानै ढर्रामा चलिरहनेछ। तर यदि उनीहरूले अग्रसरता लिए भने नयाँ, न्यायपूर्ण र समतामूलक समाजको निर्माण सम्भव छ। तसर्थ, समाजवादको सपना साकार पार्न आजको पुस्ताले आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ — किनभने परिवर्तन उनीहरूको हातमा छ।

यस भागमा केन्द्र न्युज अस्ट्रेलियाले वर्तमान पुस्ताको एक प्रतिभावान चर्चित विद्यार्थी नेत्री, आशा उपरकोटी , केन्द्रिय सचिव, अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन, नेपाल जसले नेपाल ल क्याम्पसबाट बि.ए.एल.एल.बि ग्रयाजुऐट पनि गर्नुभएको छ, उहाँको सान्दर्भिक विचारहरू प्रस्तुत गरेको छ।

. नेपालको वर्तमान आर्थिक चुनौतीलाई केहि सुधार गर्न के कस्ता योजना ल्याउन सकिन्छ? यस्मा तपाईको संगठनको कस्तो भूमिका रहन्छ ?

मुलुकको घट्दो आर्थिक अवस्था आजको सबै भन्दा ठुलो चुनौती हो। देशको अर्थतन्त्र बलियो नहुनु र विभिन्न किसिमका आर्थिक चुनौतिहरु गहिरो र बहुआयामिक हुदै गएका छन् । बेरोजगारी, उत्पादनशिलताको अभाव, बढ्दो व्यापार घाटा, वैदेशिक निर्भरता, राजनीतिक अस्थिरता र भ्रस्टचार सबै भन्दा प्रमुख कारण हुन्। यी समस्याहरु समाधान गर्न दिर्घकालिन तथा आपतकालीन योजनाहरु आवश्यक छन्।

संगठनको नेतृत्वको हिसाबले कुरा गर्नु पर्दा, सबै भन्दा पहिले त आर्थिक साक्षरता, स्वरोजगार योजना र उद्यमशीलता बारे विद्यार्थी चेतना मुलक अभियान संचालन गर्न अपरिहार्य छ। विश्वविद्यालयमा र क्याम्पसहरुमा पोलीसी डायलग कार्यक्रम चलाउने, सरकारलाई शिक्षा, रोजगारी, उत्पादनमा केन्द्रित नीतिको माग गर्ने र राज्यलाई जवाफदेहि बनाउनको लागि दबाब मुलुक भूमिका खेल्न सकिन्छ। उद्यमशिल विद्यार्थी नेटवर्क बनाउदै भएका सहकारीहरु मार्फत रोजगार सिर्जना अभियान संचालनको लागि स्थानिय निकाय र विश्वबिद्यालयहरुको सहकार्यको लागि पहलकदमी गर्न सकिन्छ।

. नेपाली समुदायले भोग्दै आएका समस्याहरु के कारणले बल्झीरहेका छन्। समाधानको लागि साधारण उपायहरु के के हुन्सक्छन् ?

नेपाली समुदायले भोग्दै आएका गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको कमी, भ्रस्टाचार, राजनीतिक अस्थिरता, विभेदहरु प्रमुख समस्याहरु हुन्। यी समस्याहरु पूर्णरुपमा निवरण नहुनुको पछाडी बिभिन्न किसिमको संरचनागत, संस्कृतिक र राजनीतिक कारणहरु छन्। राजनीतिक अस्थिरता र कुशल नेतृत्वको कमी, भ्रस्टाचार र कुशासन, शिक्षा र चेतनाको कमी, कर्मकाण्डी विकासको सोच र गैर जिम्मेवार प्रशासनिक कार्य सम्पादनकै कारण यी विषयहरु बल्झिरहेका हुन्।

स्थानीय स्तरमा नागरिक सहभागिता, शिक्षा र शिप विकास, भ्रस्टचार नियन्त्रण र पारदर्सिता नीति, सामुदायिक प्रवर्दन, युवा र महिला नेतृत्वको नीति निर्माण तहमा सहभागिता र सुचना र प्रविधिको उपयोग सहित आगाडी बढ्न सके केहि हद सम्म माथि उल्लेख गरिएका समस्याहरु समाधान हुन् सक्छन्।

. आगामी चुनावमा तपाई आवद्ध संगठनको भूमिका तथा प्रतिवद्दता के रहनेछ?

मुख्यत, देश बनाउने संकल्प सहित हिजोको उपलब्धिको रक्षा गर्दै मुलुकलाई प्रगतिको बाटोमा डोर्याउने र जनताको जीवन स्थर उकास्नेनै हाम्रो संगठनको प्रमुख भूमिका र प्रतिबद्दता रहनेछ।

. तपाईको संगठनहरुमा तथा तपाई अवद्ध राजनीतिक पार्टीमा नयाँ पुस्तालाई कसरी प्रवेश गराउन योजना गर्नुभएको ? जसले समाजवाद निर्माणमा भूमिका खेल्न सक्छ।

अहिलेको परिवेशमा युवा पुस्ताहरुमा निकै अस्वाभाविक ढंगले राजनीतिक बित्तृष्णा बढ्दै गईरहेको छ।नयाँ पुस्तालाई राजनीतिमा सक्रिय रुपमा अगाडी बढाउनु आजको दिनमा सबै भन्दा ठुलो चुनौती जस्तो बनिसकेको छ। यद्दपी माध्यमिक तहबाट नै राजनीतिक चेतना आओस भनेर हामी विभिन्न किसिमका सेल कमिटीहरु गठन गर्दै, उनीहरुमा राजनीतिक चेतना अभिवृद्धि गर्न काम गरिरहेको छौ। हामी उनीहरुको आवश्यकताको पहिचान गरी विभिन्न किसिमको कार्यक्रमहरु लिएर उनीहरु भएको ठाउँमा पुग्ने गरेको छौ भने, बिस्तारै उनीहरुलाई नमुना युवा संसद र रास्ट्र संघको अधिवेशनहरुमा सहभागी गराई राजनीति तर्फ आकर्षित गर्ने गरेका छौ।

समाजवाद निर्माणको कुरा नितान्त राजनीतिक प्रशिक्षण र व्यवहारको कुरा हो।

नयाँ पुस्ताले समाजवाद निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। उनीहरूमा ऊर्जा, नवीन सोच, परिवर्तन ल्याउने क्षमताको बल हुन्छ, जसले समाजमा विद्यमान असमानता, विभेद अन्यायको विरुद्ध आवाज उठाउन सक्ने सम्भावना बढाउँछ। समाजवादी मूल्यहरूजस्तै समानता, सामाजिक न्याय, श्रमिकको अधिकार, सबैका लागि आधारभूत सेवा सुनिश्चिततालाई आत्मसात गर्दै नयाँ पुस्ताले सामाजिक चेतना फैलाउन सक्छ। शिक्षाको माध्यमबाट समाजवादको सैद्धान्तिक आधार बुझ्न, प्रविधिको प्रयोग गरेर विचार आन्दोलन फैलाउन सामाजिक अभियन्ता वा राजनीतिक कार्यकर्ता बनेर व्यवहारिक परिवर्तन ल्याउन उनीहरू सक्षम हुन्छन्। सहकारी संस्था, सामाजिक उद्यम समुदायमा आधारित परियोजनाहरू मार्फत आर्थिक समानता स्थापना गर्न सकिन्छ भने स्थानीय तहबाट नै सामाजिक रूपान्तरणको थालनी गर्न सकिन्छ। यदि नयाँ पुस्ताले यो अभियानलाई दृढताका साथ अगाडि बढायो भने एक न्यायपूर्ण, समावेशी मानवमूल्यमा आधारित समाज निर्माण सम्भव हुन्छ।

. नेपालको सार्वजनिक सुरक्षा बढाउन र अपराध नियान्त्रण गर्न कस्ता किसिमका कदमहरु कुन स्तरबाट गर्नु आवश्यक देखिन्छ। तपाई आवद्द संगठनको भूमिका तथा प्रतिबद्दता के रहन्छ ?

नेपालको सार्वजनिक सुरक्षा र अपराध नियनत्रण वर्तमान समयको गम्भीर आवश्यकता हो, मुलुकमा बढ्दो बेरोजगारी, समाजिक असमानता, नशाखोरी, डिजिटल अपराध र कमजोर कानुन कार्यान्वयनले देशमा अस्थिरता फैलाईरहेको छ। सुरक्षा बल, सरकार, समुदाय र समाजिक संगठनहरुले मिलेर बहुआयमीक दृष्टिकोण बाट काम गर्नुपर्छ। त्यसमा नेपालका तिन प्रमुख संवैधानिक अंग र तिनै वटा सरकारहरुको ताद्म्यता मिलाउनु पर्ने जरुरी देखिन्छ।

हाम्रो संगठनले सुरुवाती चरणबाट नै बिद्यालय, क्याम्पस, गाउँमा सुरक्षा अभियान कार्यक्रमहरु संचालन गर्दै आएको छ, सरकारहरु संग नीति संवाद गर्ने र सुझाव दिने, सुरक्षा अनुगमन समिति बनाउने, पिडितसँग एक्यबद्द्ता र न्यायको लागि आवाज उठाईरहेका छौ र समाजका हरेक समस्याहरुमा सरकारका जिम्मेवार पक्षहरु सँग साझेदारी गर्दै अगाडी बड्ने प्रतिबद्दता गर्दछौँ।

. नेपालको सर्वजानिक शिक्षा, स्वास्थ्यको अवस्थामा संगठनहरुको भूमिका तपाई आवद्ध राजनीतिक पार्टीको धारणा के ?

माध्यमिक तह सम्म निशुल्क शिक्षा हाम्रो पार्टी माओवादी केन्द्रले शशक्त रुपमा उठाएको विषय हो। संविधानमा लेखिएका मौलिक हक अन्तर्गतका शिक्षा तथा स्वास्थयका अधिकारहरुको कार्यन्व्यन र सबैको पहुँच हाम्रो संगठनको आधारभूत नीति हो।

. राजनीतिमा संलाग्न हुन के कारणले उत्परेरित हुनुभयो अहिले सम्मको सबै भन्दा ठुलो उपल्ब्धी के मान्नुहुन्छ ?

गोरखाको सदरमुकाम नजिकैको एउटा विकट जस्तै लाग्ने फिनाम भन्ने गाउँमा विभिन्न किसिमको असामान्य विभेद र छुवाछुत देखेर हुर्किएको हु, वैचारिक हिसाबले माओवादीकै घरमा जन्म लिएको कारण पनि राजनीतिक शिक्षा त्यहि अनुसार लिन पाए र ८ कक्षा देखि राजनितीमा संलग्न भएको हुँ।

त्यस्तो ठुलो उपलब्धि पाउने भन्दा पनि आवाज विहिनहरुको आवाज बन्ने संकल्प सहित अगाडी बढेकी छु, यही गन्तव्यमा पुगेर रास्ट्रको सेवा गर्न सकेको दिन उपलब्धि मान्ने छु।

Comments

Trending