Latest Posts +

Popular Posts +

सर्कल्स लाइफलाई ग्राहकको पहिचान प्रमाणीकरणमा त्रुटी गरेपछि ४ लाख डलरभन्दा बढी जरिवाना

Kendra news
May 22, 2025

सर्कल्स लाइफलाई ग्राहकको पहिचान प्रमाणीकरणमा त्रुटी गरेपछि ४ लाख डलरभन्दा बढी जरिवाना

सर्कल्स.लाइफ (Circles.Life) लाई मोबाइल नम्बर ट्रान्सफर गर्नुअघि ग्राहकको पहिचान प्रमाणीकरण नगरेको भन्दै अष्ट्रेलियन सञ्चार तथा मिडिया प्राधिकरण (ACMA) ले ४ लाख १३ हजार १ सय ६० अष्ट्रेलियन डलर जरिवाना गरेको छ।

सन् २०२४ को जनवरी र फेब्रुअरी महिनामा कम्पनीले २६ पटक नियम उल्लंघन गरेको ACMA को अनुसन्धानले देखाएको छ। यस कमजोरीको फाइदा उठाउँदै ठगहरूले प्रयोगकर्ताको मोबाइल नम्बर चोरेर बैंक खाताबाट ४५ हजार डलरभन्दा बढी रकम चोरी गरेका थिए।

सर्कल्स.लाइफ यसअघि पनि यस्तै गल्तीमा परेको थियो र सन् २०२२ मा १ लाख ९९ हजार ८ सय डलर जरिवाना तिरिसकेको छ। योपटकको जरिवाना नियम उल्लंघन सम्बन्धी अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

कम्पनीले गल्ती स्वीकार गर्दै प्रभावित उपभोक्तालाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ। साथै, सर्कल्स.लाइफ अष्ट्रेलियाबाट आफ्नो सेवा बन्द गर्दै Amaysim मा ग्राहक स्थानान्तरण गर्ने तयारीमा छ।

यदि तपाईं फोन स्क्यामको शिकार हुनुभएको छ भने, तुरुन्तै आफ्नो टेल्को सेवा प्रदायक र बैंकलाई सम्पर्क गर्नुहोस्। थप सहायता लागि IDCARE लाई १८०० ५९५ १६० मा सम्पर्क गर्न सकिन्छ वा idcare.org मा जानुहोस्। मानसिक स्वास्थ्य सहायता लागि Lifeline (१३ ११ १४) वा Beyond Blue (१३‍‍‍०० २२४ ६३६) लाई सम्पर्क गर्नुहोस्।

Source: https://www.acma.gov.au/

Comments

Trending