नारद प्रसाद आचार्य ह्यासिस्बर्ग पेन्सलभेनिया
हिमालयन तेक्वान्दो स्कुल ह्यारिस्बर्गले आज साँझ सामुहिक श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । उक्त सभामा तेक्वान्दो खेलाडीको बाक्लो उपस्थिति थियो भने खेलाडीका अभिभावकले पनि साथ दिएका थिए ।
नेपालीमा सेप्टेम्बर ८ मा Gen-Z पुस्ताले निकालेको शान्तिपूर्ण आन्दोलनमा सरकार पक्षले हस्तक्षेप गरे पछि आन्दोलित भएका युवा माथी सरकारले गोली प्रहार गरेको थियो । उक्त हिंसात्मक घटनामा १९ बढी युवा विद्यार्थीले ज्यान गुमाएका थिए ।
सभालाई सम्बोधन गर्दै हिमालयन तेक्वान्दोका सि इ ओ मास्टर नकुल शर्माले दिवङ्गत भएका युवाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गरेका थिए । घाइते युवाहरूको शिघ्र स्वस्थ्य लाभको कामना समेत गरेका थिए । यसैगरी केशव बैरागी माइलो ले दिवङ्गत भएका युवा प्रति श्रद्धाञ्जली अर्पण गरे । तेक्वान्दो खेलाडीहरु सबैले क्यान्डल बालेर नेपाल र नेपालीलाई शान्तिको सन्देश दिएका थिए । तेक्वान्दो प्रशिक्षक पुनम दुलालले श्रद्धाञ्जली व्यक्त गर्दै शान्तिको कामना गरेकी दिइन ।
Comments