अगस्त १७-२०२५. नारद आचार्य सुदामा अमेरिका आगामी आइतबार, अगस्ट ३१, २०२५ को दिन ग्लोबल भुटानी संगठन (GBO )ले ह्यारिसबर्ग, पेन्सिलभेनियामा ५ औं वार्षिक सम्मेलन २०२५ मा बृहत् कार्यक्रम गर्ने निश्चित भएको आयोजक समूहले जानकारी दिएको छ ।
कार्यक्रमको उद्देश्य मध्य पूर्व नेपालको शिविरमा रहेका स-साना बाल बालीकाहरूलाई शिक्षा र शरणार्थी समुदायको लागि गाँस ,बास र कपास जुटाउने कार्यलाई निरन्तर दिन सम्मेलन गर्न लागेको हो।
कार्यक्रममा सामाजिक सांस्कृतिक तथा साहित्यिक खुराकहरूको पनि बलियो प्रस्तुती हुने कुरा ग्लोबल भुटानी संगठन -GBO अध्यक्ष डि.वि.राई ले बताउनु भएको छ॥
Comments