Latest Posts +

Popular Posts +

के नेपाल सरकारले अटिजमको लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ?

Kendra news
March 27, 2025

के नेपाल सरकारले अटिजमको लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ ?

 अहिले विश्वव्यापी रूपमा अटिजमको रणनीति आए पनि नेपालको सन्दर्भमा त्यति ठूलो र सहजै प्रत्याभूत गर्न सकिने गरी रणनीति आएको देखिँदैन। यो अर्थमा नेपालमा यसको समस्या नभएको चाहिँ होइन। सामान्यतया अहिले यस समस्यामा विभिन्न क्षेत्रका समाजसेवीहरुले , Autistic Family तथा अभिभावकले आफ्नै पहलमा विभिन्न कार्यक्रमहरु  जस्तै: थेरापी,  स्वास्थ्य जाँच, जनचेतना, निःशुल्क हेरचाह जस्ता कामहरू गर्दै आएको पाइन्छ। हालसालै जनचेतना फैलाउने तथा Autistic Family तथा अभिभावकहरूलाई केही सन्देश दिने , सहयोग गर्ने उद्देश्यले बनाइएको चलचित्र MEERA – Shadow Of The Rainbow जसलाई व्यावसायिक भन्दा पनि सामुदायिक जनचेतनाको हिसाबले हेरिएको एक पृथक कथामा आधारित चलचित्र मानिएको छ। यस चलचित्रको कथा वस्तु कसरी र किन तयार भयो साथै यस्तो चलचित्र बनाउनुको उद्देश्य के हो भन्ने कुरा संक्षिप्त रुपमा यस चलचित्रको निर्देशक अनिता पण्डित ज्यू को विचारलाई समेटिएको छ ।

किन तपाईँले जनचेतनाको उद्देश्यले चलचित्र बनाउँदा यो क्षेत्र नै रोज्नुभयो ? 

Autism ले अहिले धेरै बच्चाहरूलाई प्रभावित पारेको देखिन्छ। हाम्रो नेपालमा पनि यसको प्रभाव धेरै नै देखिएको छ। तर नेपालमा केन्द्रीय सरकारको पहलमा कुनै ठोस रणनीति आएको पाइँदैन तथापि केही स्थानीय सरकारहरूले सानो रूपमा केही कार्यक्रम प्रस्तुत गरेको पाइन्छ यो पर्याप्त मात्रामा छैन । नेपाली समुदायमा आर्थिक अवस्था कमजोर भएका र कतै ठूलो पहुँच नभएका व्यक्तिहरूलाई यस्तो समस्या परेमा उनीहरूको सिङ्गो परिवारलाई नै ठूलो भार पर्ने देखिन्छ। त्यसकारण एउटा सक्षम व्यक्तिको हिसाबले पीडित वर्गहरूलाई केही मानसिक, भौतिक, सामाजिक तथा आर्थिक रूपमा सहयोग गर्न सक्छु भन्ने उद्देश्यले यस क्षेत्र रोजेकी छु। कसैको जीवनमा रूपान्तरण गर्नु नै मेरो मुख्य लक्ष्य रहेको छ आफू एक्लै तथा विभिन्न संघ संस्थासँग सहकार्य गरेर Autism लाई जनस्तरसम्म जनचेतना दिन र सहयोग, सुझाव प्रदान गर्नु नै मेरो प्रमुख कर्तव्य हुन आउँछ। 

नेपालको सामुदायिक धारणामा अटिजमलाई कसरी लिएको पाउनुभयो ? विशेष गरी Autistic  Family तथा अभिभावकको धारणा कस्तो पाउनुभयो ?

पहिलो कुरा त सानो तथा तल्लो वर्गको परिवारमा के भएको हो त्यो नै जानकारी लिन नखोजेको पाइन्छ ।यो यस्तै हो पछि ठिक हुन्छ भन्ने विचारमा बसेको पाइन्छ। डाक्टरसँग जाँच गर्नलाई लैजान समेत गाह्रो भएको पाइन्छ। कसैलेAutism भएको थाहा भएपनि  अरुसँग भन्न गाह्रो मानेको अवस्था देखिन्छ अरुसँग खुलेर समस्याहरु नभनेको तथा भने पनि के हुन्छ र भन्ने विचार समेत पाइन्छ । समाजमा जसलाई अटिजम छ उसलाई अप्रत्यक्ष रुपमा व्यङ्ग्य गर्ने उसको कमजोरीमा प्रहार गर्ने प्रवृत्ति पनि कता-कता देखिन्छ ।सीमित वर्ग समुदाय बाहेक अझै पनि दूरदराजको समाजमा सामाजिक जनचेतनाको अभाव नै पाइएको अनुभूति हुन्छ।

परिवार तथा अभिभावकले के गरेमा Autistic Person लाई व्यवहारिक परिवर्तन गर्न सहयोग पुग्छ ?

सामान्यतया, विज्ञहरूले तीन वर्षको बच्चामा अटिजम भए नभएको थाहा पाउन सकिन्छ भनेपनि व्यक्तिगत रुपमा हामीले १५ महिना माथिको बच्चाहरूलाई थेरापी तथा अभ्यास सिकाउन सकिन्छ। 

परिवार तथा अभिभावकले उक्त व्यक्तिको रेखदेखमा, उसको सिकाइ – अभ्यासमा बढी समय दिन सके,  एकल परिवारबाट सामूहिक परिवारमा घुलमिल गराउन सके,  बाहिर वातावरणमा प्रकृति तथा जनावर सँग घुलमिल गराउन सके उसको व्यवहारिक परिवर्तनमा सहयोग पुग्न सक्छ। उसलाई स्टेप बाइ स्टेपमा दैनिक जीवनको कुराहरू देखाउँदै- सिकाउँदै जाँदा उसले अवश्य पनि केही न केही परिवर्तन देखाउँछ। 

के तपाईंले प्रयोग गर्नुभएको कार्यक्रम तथा रणनीति जुन अटिजम भएका व्यक्तिलाई समर्थन गर्न विशेष रूपमा प्रभावकारी थियो?

अवश्य पनि अहिले हामीले Victim भएकालाई मानसिक तथा आर्थिक रुपमा साथ सहयोग गर्ने योजना गरेका छौं। र अरु जनस्तरलाई सचेतनाको लागि विभिन्न संस्थासँग कार्य एकता गरी अगाडि बढेका छौं हामीले Non Profit Organization हरुसँग सहकार्य गरी विभिन्न दाताहरूको सहयोगले पीडित व्यक्तिमाथि आर्थिक तथा मानसिक सहयोगको कार्यक्रम गरिरहेका छौं हाम्रो चलचित्रले चारवटा विशेष सो पनि प्रसारण गरिसकेको छ। र यस प्रसारणमा यससँग सम्बन्धित परिवार, संस्था, थेरापिस्ट, डाक्टरहरूको उल्लेख्य सहभागिता तथा सहयोग रहेको छ। 

हजुर डाक्टर वा थेरापिस्ट नभए पनि यस क्षेत्रमा केही योगदान गर्छु भनेर आउँदा विभिन्न क्षेत्रका व्यक्तिसँग सहकार्य गर्नुभएको छ। अहिले नेपालमा अटिजमलाई कसरी उपचार गर्ने तरिका कस्तो पाउनुभयो?

 सबै होइन तर केही थेरापिस्ट- डाक्टरहरू यस क्षेत्रमा कि त आफूलाई प्रत्यक्ष परेर वा आफ्नो सर्कलमा कसैलाई भएको भएर आफै अध्ययन गरेर, सिप लिएर आउनुभएको पाइन्छ।  यो अहिलेको अवस्थामा ठिक भएपनि यो क्षेत्रको लागि प्रोफेसनल म्यानपावरको अभाव देखिन्छ.। राष्ट्रिय स्तरबाट कुनै ठोस कार्यनीति तर्जुमा नभएको अवस्थामा पनि सम्बन्धित पीडितहरूले आफ्नै ठूलो खर्चमा अटिजमको उपचारको लागि ठूलो खर्च खर्चेको पाइन्छ।  प्रोफेसनल व्यक्तिहरूको उपलब्धता कम भएर दुर्गम क्षेत्रका व्यक्तिहरू जो अटिजम को उपचार गर्न ठूलो सहरमा नै धाउनुपर्ने हुन्छ। केही अनलाइन सिकाइबाट तथा प्रत्यक्ष थेरापी सिकाइबाट पनि व्यक्तिहरूले लाभ लिएको पाइन्छ। 

तपाईँको यस चलचित्रसँग सम्बन्धित सुभेक्षकहरुलाई के सन्देश भन्न चाहनुहुन्छ?

म एक शिक्षित तथा राम्रै परिवारको व्यक्ति भएर राष्ट्र र समाजप्रति आफ्नो जिम्मेवारी पूरा गर्न पर्छ भन्ने उद्देश्यका साथ समाजलाई केही गरौं भनेर यो योजना बनाएकी छु। यस चलचित्रमा विशेष हामीलेAutism सँग सम्बन्धित परिवारको अवस्था के कसरी सुदृढ गर्न सकिन्छ भन्ने कुरालाई मध्यनजर राखी सचेतनाको उद्देश्यले गरेका छौँ ।म लगायत सम्पूर्ण टिमहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अहिलेसम्म हामीले चारवटा स्पेसल विशेष प्रदर्शन मात्र गरेका छौं। अझै केही महिना विशेष ठाउँमा विशेष प्रदर्शन मात्र गर्ने योजना बनाएका छौं , किनकि यो एउटा बिल्कुल जनचेतनामूलक चलचित्र हो।यस अवधिमा सहयोग गर्ने सम्पूर्ण सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। 

यदि कोही संघ संस्थाले यस कार्यलाई मध्यनजर गरी समन्वय गर्न तथा सहयोग गर्न चाहेमा हामी अझै आभारी हुनेछौ। यो अहिले बढ्दो समस्याको लागि जनचेतना तथा सहयोग गर्ने कार्य हो। त्यसैले देश तथा विदेशमा रहेका शुभेक्षिकहरुले यस क्षेत्रसँग सम्बन्धित समाज परिवर्तनको लागि केही गर्छु भन्ने धारणा भएमा अवश्य पनि हामी सहकार्य गर्नेछौं।

 

 

 

 अहिले  अस्ट्रेलियाको राष्ट्रिय अटिजम रणनीतिपनि हेरौं :

 Source: समाज सेवा विभाग

हालैका रिपोर्टहरूले यसको व्यापकता र अटिस्टिक व्यक्तिहरूलाई समर्थन गर्ने राष्ट्रको रणनीतिक दृष्टिकोणलाई हाइलाइट गरेको छ।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स (ABS) को अनुसार, २०२२ मा, लगभग २९०,९०० अस्ट्रेलियाली (जनसंख्याको १.१%) लाई अटिस्टिकको रूपमा पहिचान गरिएको थियो। यो २०१८ बाट ४१.८% वृद्धि हो, जहाँ २,०५,२०२ व्यक्तिहरू (0.८%) रिपोर्ट गरिएको थियो। उल्लेखनीय रूपमा, अटिजमको प्रकोप पुरुषहरू ( १.१%) महिलाहरू (0.७%) भन्दा बढी थियो, र २५ वर्ष मुनिका व्यक्तिहरूमा (३.१%) र २५ माथिका (0.३%) को तुलनामा बढी  थियो।

अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स

अस्ट्रेलियाको राष्ट्रिय अटिजम रणनीति

जनवरी 2025 मा, अष्ट्रेलिया सरकारले अटिस्टिक व्यक्तिहरूका लागि सुरक्षित र समावेशी समाज निर्माण गर्ने लक्ष्य राख्दै राष्ट्रिय अटिजम रणनीतिको उद्घाटन गर्‍यो। व्यापक सह-डिजाइन प्रक्रियाहरू मार्फत विकसित, रणनीतिले सामाजिक र आर्थिक समावेशीकरण, निदान र सेवाहरू, र स्वास्थ्य र मानसिक स्वास्थ्यमा परिणामहरू बृद्धि गर्न दृष्टिकोण, लक्ष्यहरू, मार्गदर्शक सिद्धान्तहरू, र प्रतिबद्धताहरू प्रस्तुत गरेको छ।

समाज सेवा विभाग

भर्खरैका छलफलहरूले अटिजमको निदानको बारेमा चिन्ता बढाएको छ, विशेष गरी राष्ट्रिय अपाङ्गता बीमा योजना (NDIS) को सन्दर्भमा सन्तुलित र सही निदान मापदण्डको आवश्यकताको बारेमा बहस सुरु गरेको छ।

संक्षेपमा, अस्ट्रेलियाले अटिजमलाई पहिचान र समर्थन गर्नमा महत्त्वपूर्ण प्रगति गरेको छ, विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न र हस्तक्षेप र समर्थन प्रणालीहरूले प्रभावकारी रूपमा अटिजम समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्न सुनिश्चित गर्न निरन्तर प्रयासहरू आवश्यक छन्।

14 जनवरी 2025 मा, सामाजिक सेवा मन्त्री, माननीय अमान्डा रिसवर्थ सांसदले राष्ट्रिय अटिजम रणनीति जारी गर्नुभयो। रणनीतिले अष्ट्रेलियामा बसोबास गर्ने लगभग 300,000 अटिस्टिक व्यक्तिहरूको लागि समावेशीकरण, समर्थन र जीवन परिणामहरू सुधार गर्ने लक्ष्य राखेको छ। 

रणनीतिले अटिजमको बुझाइ र स्वीकृति सुधार गर्न राष्ट्रिय दृष्टिकोणको रूपरेखा दिन्छ। यसले अस्ट्रेलियामा अटिस्टिक व्यक्तिहरूलाई समान अवसरहरू र उनीहरूलाई फस्टाउनको लागि आवश्यक सहयोग सुनिश्चित गर्ने लक्ष्य राख्दछ।

सरकारले राष्ट्रिय अटिजम रणनीति निरीक्षण काउन्सिलसँग काम गर्‍यो र रणनीति विकास गर्न अटिजम व्यक्तिहरू र तिनीहरूका परिवारहरू र हेरचाहकर्ताहरू, विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू र बृहत्तर अटिजम र असक्षमता क्षेत्रहरूसँग व्यापक रूपमा परामर्श गर्‍यो। 

रणनीतिमा चार प्रमुख परिणाम क्षेत्रहरू छन्:

·     सामाजिक समावेशीकरण

·     आर्थिक समावेशीकरण

·     निदान, सेवा र समर्थन

·     स्वास्थ्य र मानसिक स्वास्थ्य। 

 राष्ट्रिय अटिजम रणनीति बारे

राष्ट्रिय अटिजम रणनीति एक व्यापक सह-डिजाइन प्रक्रिया मार्फत विकसित गरिएको छ। रणनीतिले सबै अटिस्टिक व्यक्तिहरूका लागि सुरक्षित र समावेशी समाजको लागि दृष्टि निर्धारण गर्दछ। जहाँ हामी जीवनका सबै पक्षहरूमा  अटिस्टिक मानिसहरूलाई फस्टाउन समर्थन र सशक्त गर्छौं। यो अन्तर्राष्ट्रिय मानव अधिकारसँग 

मेल खान्छ।

रणनीति भनेको आगामी वर्षहरूमा सबै अटिस्टिक व्यक्तिहरूको लागि परिणामहरू सुधार गर्ने ढाँचा हो। यसमा दृष्टि, लक्ष्य र मार्गदर्शक सिद्धान्तहरू समावेश छन्।

रणनीति कार्यहरूमा केन्द्रित छ र चार प्रमुख परिणाम क्षेत्रहरूमा परिवर्तन सक्षम पार्छ:

प्रत्येक परिणाम क्षेत्रले मुद्दाहरूको विस्तृत दायरालाई समेट्छ। रणनीतिले पहिलो तीन परिणाम क्षेत्रहरू अन्तर्गत प्रतिबद्धताहरू समावेश गर्दछ। अटिजम हेल्थ रोडम्यापले स्वास्थ्य र मानसिक स्वास्थ्य सुधार गर्न चौथो प्रमुख परिणाम क्षेत्रलाई सम्बोधन गर्नेछ। स्वास्थ्य र वृद्ध हेरचाह विभागले अटिजम स्वास्थ्य रोडम्यापको विकासको नेतृत्व गर्दछ। यो एक अलग प्रक्रिया मार्फत, रणनीति संग जोडिएको छ।

Comments

Trending