अहिले अस्ट्रेलियामा लागू भएको नयाँ व्यवस्थाअनुसार, २०२५ अप्रिल १ देखि २०२७ मार्च ३१ सम्मका लागि विदेशी लगानीकर्ता, अस्थायी बासिन्दा तथा विदेशी स्वामित्वमा रहेका कम्पनीहरूलाई सामान्यतया अस्ट्रेलियामा निर्माण भइसकेको घर खरिद गर्न अनुमति छैन (नयाँ नियम जारी नभएसम्म)। तथापि, “Off the Plan” अन्तर्गत खरिद गर्न आवश्यक शुल्क तिरेर कानुनी रूपमा सम्भव छ ।
अस्ट्रेलियामा नेपाली समुदाय बढ्दो संख्यामा Mortgage Broker, Real Estate Agent, Solicitor/Conveyancer जस्ता पेशागत व्यक्तिहरूको उपस्थिति पाइन्छ, जुन सम्पूर्ण नेपाली समुदायका लागि ठूलो अवसर हो। आफ्नै भाषा र संस्कृतिको परिवेशमा आवश्यक सल्लाह लिँदै प्रोपर्टी खरिद गर्ने प्रक्रिया आत्मविश्वासका साथ अघि बढाउन सकिन्छ।
घरजग्गा किन्नेहरूले प्रायः आफूलाई लाभ हुने स्थान रोज्ने गर्छन्—जसमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकास मुख्य आधार हुन्छन्। तर कहिलेकाहीं लगानी गरिएको स्थानमा भनिएको समयमा ती पूर्वाधार बन्न नसक्दा धेरै परिवारहरू प्रभावित हुन्छन्।
लगानीकर्ताहरूका लागि Property Developers का पुरा भइसकेका र निर्माणाधीन प्रोजेक्टहरू, तिनीहरूको प्रभाव, र त्यसले सेवाग्राहीमा पार्न सक्ने सकारात्मक/नकारात्मक असरहरूबारे अवगत हुनु जरुरी छ। बैंकहरूले पनि ऋण लगानी गर्नु पूर्व यस्ता पक्षहरूमा ध्यान दिने भएकाले, पूर्वाधार निर्माण सम्पन्न भएको वा भइरहेका स्थानमा प्रोपर्टीको मूल्याङ्कन उच्च हुने सम्भावना रहन्छ।
त्यसैले, आफ्नो पारिवारिक आवश्यकता अनुसार सही स्थानमा लगानी गर्नु उत्तम विकल्प हो।
सङ्ख्यात्मक हिसाबमा Mortgage Broker प्रशस्त भए तापनि, हामी धेरैजसो समय अभावका कारण वा पहिले भेटेको ब्रोकरबाहेक अरु कसैसँग सल्लाह लिन चाहँदैनौं। तर सकेसम्म दुई–तीनजना ब्रोकरसँग सल्लाह गर्दा धेरै पक्षबारे स्पष्टता आउँछ। भविष्यमा प्रोपर्टीको मूल्य वृद्धि हुने सम्भावना बोकेको स्थानको छनौट गर्न, त्यहाँको Master Plan बारे जानकारी लिएर खरिद बिक्री गर्नु राम्रो हुन्छ।जानकारी नभएमा Real Estate Agent, Developer वा Mortgage Broker सँग सहयोग तथा सल्लाह लिन सकिन्छ ।
धेरै ग्राहकले कारोबार गरिसकेपछि मात्र बैंकको सावा घटाउन, ब्याज समायोजन गर्न, रिफाइनान्स गर्दा कानुनी समस्या आउँछ कि भनेर सोध्ने गरेको पाइन्छ । यस्ता जिज्ञासाहरूबाट बच्न, घर किन्ने प्रक्रिया अगावै कम्तीमा २ जना ब्रोकरहरूसँग सम्पर्क वा एकभन्दा बढी बैंकसँग सम्पर्क सोधपुछ गरी आफ्नो परिस्थिति अनुसार जानकारी लिनु बुद्धिमानी हुन्छ।
यसै सन्दर्भमा अहिलेको Mortgage व्यवस्थाको नयाँ नीति को बारेमा जानकारी लिनको लागि Mortgage & Finance क्षेत्रमा ६ वर्षभन्दा बढी अनुभव भएका Divine Mortgage & Finance का CEO तथा Mortgage Broker सुरज छत्कुली सँग केन्द्र न्यूज अस्ट्रेलियाले गरेको छोटो कुराकानीका केही महत्वपूर्ण बुँदाहरू यसप्रकार छन्:

१. RBA को Cash Rate परिवर्तनपछि बैंकहरूले ब्याजदर समायोजन नगरेको गुनासोबारे तपाईंको धारणा के छ?
RBA को नीति अनुसार अधिकांश बैंकहरूले ब्याजदर समायोजन गरेका हुन्छन्। बैंकहरूको आन्तरिक नीति फरक हुने हुँदा, कहिलेकाहीँ RBA ले cash rate स्थिर राख्दा पनि बैंकहरूले Fixed/Variable दर घटाउने वा बढाउने गर्छन्। यदि तपाईंलाई समायोजन नभएको महसुस भयो भने आफ्नो ब्रोकर वा बैंकमा सम्पर्क गर्नु उपयुक्त हुन्छ। ग्राहकलाई सबैभन्दा उपयुक्त दरमा ऋण उपलब्ध गराउनु Mortgage Broker को दायित्व हो।
२. Credit History default भएका ग्राहकहरूलाई Home Loan लिन कतिको सहज हुन्छ?
पहिलो कुरा, डिफल्ट किन भएको हो भन्ने कारण बुझ्न जरुरी छ। यदि त्यसको यथोचित कारण छ र सम्बन्धित प्रमाणहरू उपलब्ध गराउन सकिन्छ भने, वैधानिक प्रक्रिया अपनाएर समाधानको बाटो खोल्न सकिन्छ। यद्यपि पूर्ण रूपमा लोन स्वीकृति पाउने ग्यारेन्टी हुँदैन, तर पहिला डिफल्ट भइसकेको भए पनि सुधार गरेर ऋण लिन सकिने सम्भावना अवश्य हुन्छ।
एकपटक कर्जा लिइसकेपछि भने, समयमा किस्ता तिर्नु अत्यन्त महत्वपूर्ण हुन्छ, जसले भविष्यमा अन्य आर्थिक सुविधाहरू प्राप्त गर्न सहयोग पुर्याउँछ।
३. दुर्घटनाका कारण काम गर्न नसक्ने, इन्सुरेन्स नभएको अवस्थामा लोन कसरी तिर्ने?
यस्ता आकस्मिक परिस्थितिलाई ध्यानमा राखी, हामी ग्राहकलाई Income Protection Insurance लिन सल्लाह दिन्छौँ, जसले आम्दानी नभएको अवस्थामा योग्य ठहरेमा ऋण तिर्न सहयोग पुर्याउँछ। यदि बीमा छैन भने स्थिति जटिल हुन सक्छ, तर केही बैंकहरूले परिस्थिति अनुसार mortgage freeze वा interest-only repayment जस्ता सुविधा प्रदान गर्न सक्छन्।
४. विगत ६ वर्षको तुलनामा वर्तमान र भविष्यको प्रोपर्टी बजार कस्तो देख्नुभएको छ?
पछिल्लो रिपोर्ट अनुसार विगत ५ वर्षमा अष्ट्रेलियामा घर जग्गाको औसत मूल्य वृद्धि ३९.१% ले भएको देखिन्छ। केही राज्यहरू (NSW, SA, ACT, QLD) मा प्रोपर्टीको मूल्य उल्लेखनीय रूपमा बढेको देखिएको छ भने Victoria, Tasmania मा वृद्धिदर कम देखिएको छ। त्यसैले लगानी गर्नु अघि राज्य सरकारको नियम, बैंकिङ नीति, स्थान र सम्भाव्यता राम्रोसँग बुझ्न आवश्यक छ।
५. तपाईं अन्य Mortgage Broker भन्दा कुन कुरामा फरक हुनुहुन्छ? भविष्यका योजनाहरू के छन्?
मैले हालसम्म लगभग १००० फाइलहरूमा प्रत्यक्षरूपमा काम गरेको छु—जसमा सजिला र जटिल दुवै खालका केसहरू छन्। म ग्राहकको आवश्यकताको आधारमा Property Profile Report, मूल्याङ्कन, Initial Deposit देखि Loan Process सम्म स्पष्ट जानकारी दिन्छु, जसले उहाँहरूलाई निर्णय लिन सजिलो बनाउँछ।
भविष्यमा, हाम्रो कम्पनीले विभिन्न राज्यहरूमा आफ्ना सेवाहरूलाई विस्तार गर्ने योजना राखेको छ, जसले गर्दा हामी आफ्ना सम्माननीय ग्राहकहरूलाई अझ सहज र गुणस्तरीय सेवा प्रदान गर्न सक्षम हुनेछौं।
हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि नेपालका आर्थिक रूपमा कमजोर बालबालिकाहरूसँग सहकार्य गर्दै छात्रवृत्ति र आश्रय कार्यक्रमहरूको आयोजना गर्ने योजना पनि तयार गरेका छौं। यस योजनाले असहाय र अपहेलित बालबालिकाहरूको जीवनमा नयाँ आशा र अवसरका ढोकाहरू खोल्ने छ, र यसमार्फत हामीले समाजको उत्थानमा आफ्नो जिम्मेवारी निभाउन प्रयास गर्दैछौं।
“ग्राहकहरूको आवश्यकता र वित्तिय अवस्था अनुसार विश्वसनीय सल्लाहकारको रूपमा उपयुक्त स्थानको छनोट, घर जग्गाको मूल्याङ्कन गर्नुका साथै Mortgage Broker ले लोन प्रक्रिया सरल बनाई ऋणदाता सँग समन्वय गर्दै घरधनी बन्ने यात्रालाई सहज, सुरक्षित र प्रभावकारी बनाउने कार्य गर्छन्”।
धन्यवाद
यदि तपाईँलाई बढी जानकारी लिन परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
For more info, please visit us:
Mob: 0415793314
Ph:0370679225
Email:info@divinemortgage.com.au
www.divinemortgage.com.au
Comments