अष्ट्रेलियाको भिक्टोरियामा निःशुल्क TAFE कार्यक्रमको ठूलो विस्तार, आउँदो बजेटमा $४५९ मिलियन लगानी
अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले २०२६/ २७ को राज्य बजेटमार्फत Free TAFE कार्यक्रमलाई व्यापक रूपमा विस्तार गर्ने घोषणा गरेको छ। यस कदमले सस्तो तथा पहुँचयोग्य प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्दै दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ। सरकारले सीप तथा तालिम क्षेत्रमा कुल $४५९.४ मिलियन लगानी गर्ने भएको छ। यस अन्तर्गत २०२७ सम्म थप १५…
