Latest Posts +

Popular Posts +

Coombs- Wright नेपाली अभिभावक समाज, क्यानबेराको आयोजनामा – होली

Kendra news
March 13, 2025

@Canberra Report

होली एक पवित्र हिन्दूहरूको चाड हो। नेपाल र भारतको धेरै ठाउँमा एक सांस्कृतिक उत्सव उत्सवको साथ होली  मनाइन्छ जसले  विभिन्न धर्म समुदाय बीच एकअर्कालाई रंगीन पानी र पाउडर- Colour  को साथमा अन्य मानिसहरूसँग रमाइलो गर्ने खुसी उमङ्ग साटासाट गराउँछ । होली जाडोको अन्त्य  हुने समयमा नेपाली पात्रो अनुसार फागुन पूर्णिमाको दिन मनाइन्छ ।

यो पर्वको धेरै उद्देश्यहरू छन्; सबैभन्दा प्रमुख रूपमा, यसले वसन्तको सुरुवात  भएको आभास गराउँछ। सत्रौँ  औं शताब्दीको साहित्यमा, यसलाई कृषि, राम्रो वसन्त फसल र उर्वर भूमिको सम्झना गर्ने उत्सवको रूपमा  चिनिन्थ्यो। हिन्दूहरूले  विश्वास गर्छन् कि यो वसन्तको प्रशस्त रंगहरूको आनन्द लिने र जाडोलाई बिदाइ गर्ने समय हो। धेरै हिन्दूहरूका लागि, होली पर्वहरूले टुटेको सम्बन्धहरू पुनर्स्थापना र नवीकरण गर्ने अवसर तथा, विगतबाट संचित भावनात्मक अशुद्धताहरूबाट आफूलाई छुटकारा  दिन मा यो पर्वको विशेष महत्व रहन्छ।

यसमा पनि एक धार्मिक उद्देश्य, प्रतीकात्मक रूपमा होलिकाको पौराणिक कथाद्वारा संकेत गरिएको  हुन्छ। सामान्यतया कतिपय ठाउँमा होलीको अघिल्लो रात, होलिका दहन भनेर चिनिने समारोह आयोजना गरेर आगो बालिन्छ  र मानिसहरू आगो नजिक भेला हुन्छन्, गाउँछन् र नाच्छन्। भोलिपल्ट होली होली होली भनेर हर्ष उल्लासको साथ आफ्नो समय र रित अनुसार मनाइन्छ।घरमा आउने आगन्तुकहरूलाई पहिले रङहरू ले स्वागत गरी मिठोमिठो होलीका परिकारहरू मिठाई र पेय पदार्थखुवाउने गरिन्छ।

नेपाल भारत बङ्गलादेश पाकिस्तान साथै विभिन्न देशहरूमा -विश्वभरबाट पनि त्यहाँ रहेका यस पर्व सँग आस्थावान धर्मालम्बीहरुले होली पर्व विशेषरूपमा मनाउने गर्दछन्। होली मनाउने तरिका समय र रीतिरिवाज भिन्न भएपनि सबैले आफ्नो आस्थालाई मध्यनजर गर्दै आफ्नो पर्व मनाउने गर्दछन्।

यस्तै होली मनाउने क्रममा अस्ट्रेलियाको राजधानी क्यानबेरा स्थित Coombs को पार्कमा पनि नेपाली समुदायबीच होली पर्व मनाइएको छ।

Coombs- Wright नेपाली अभिभावक समाजको आयोजनामा गरिएको उक्त कार्यक्रममा नेपाली समुदायका  सानो उमेरदेखि अभिभावकसम्मको उल्लेख्य उपस्थिति रहेको थियो। यस कार्यक्रमले हामी हाम्रो रिति रिवाज, सामाजिक परिवेश जहाँ गए पनि सम्मानजनक छ भन्ने स्पष्ट पार्दछ ।यसअघि पनि Coombs- Wright नेपाली अभिभावक समूहले वनभोज लगायत थुप्रै कार्यक्रमहरु आयोजना गरिसकेको छ। 

Comments

Trending