Latest Posts +

Popular Posts +

NRNA मा विद्यार्थीको सहभागिता किन आवश्यकता ?

Kendra news
April 8, 2025
[et_pb_section admin_label=”section”] [et_pb_row admin_label=”row”] [et_pb_column type=”4_4″][et_pb_text admin_label=”Text”]

NRNA एउटा यस्तो संस्था हो, जसको आफ्नै पहिचान छ। विदेश भएका नेपालीहरूले आफ्नो समाज र देश प्रति कुनै पनि समयमा अप्ठ्यारो अवस्थामा विभिन्न माध्यमबाट सहयोगहरु गर्दै आइरहेका छन्।

भूकम्प गएको बेला, ठूला प्राकृतिक विपत्ति, बाढीपहिरो जस्ता गम्भीर अवस्थामा आफ्नो योगदान गर्दै आइरहेको पाइन्छ। कुनै बेला यस्तो थियो कि एनआरएनए को मेम्बर हुनु एउटा गर्वको कुरा हुन्थ्यो। 

झन्डै साढे एक वर्ष अगाडिको नयाँ चुनाव पछि सामाजिक तथा नैतिक प्रश्नहरू उठेका छन्। यसै समयमा युएनडीओ र एनआरएनए दुई समूह पनि देखिए भने फेरि एकताको कुरा पनि चर्कै चलेको पाइन्छ तर सफल भएको छैन ।

केन्द्र न्युजको यो प्रसङ्ग केवल NRNA मा ( अस्ट्रेलियाको तर्फबाट हेर्दा) किन विद्यार्थी तथा PR नभएका को सदस्यता लिने भन्ने विषय प्रमुख हो ।निर्वाचन आउँदा विभिन्न बहानामा सदस्यता बनाउने र संस्थाको नियम अनुसार Eligible भए भोटिङ पनि गराउने यो प्रचलन निकै छ।तर Responsible-कार्यकारी ठाउँमा विद्यार्थी: जो विद्यार्थी भिसामा छन् उनीहरु नपुग्ने भए किन सदस्यता लिने ? केवल Membership Fee मात्र कलेक्सन गर्न हो ? जब विद्यार्थी पढ्नको सिलसिलामा आउँछ उसलाई विभिन्न समस्याहरू जस्तै: Visa को स्ट्रेस, आर्थिक, मेन्टल स्ट्रेस जस्ता अनि कामको प्रेसरमा धेरै समस्याहरू आइरहेको हुन्छ। यिनै समस्याहरूको बाबजुद केही नराम्रा इन्सिडेन्टहरु पनि हुँदै आएको छ। यस्तो अवस्थामा उनीहरुले सहजै सम्पर्क गरेर सहज वातावरणमा कसरी सेटल हुन सकिन्छ भन्ने कुरा पनि जानकारी पाएका हुँदैनन् कतिपयलाई त एनआरएनए मा कसरी सम्पर्क गर्ने भन्ने पनि गाह्रो हुन्छ यदि सम्पर्क भएपनि Response के हुन्छ र भन्ने धेरै गुनासो पाइन्छ। 

नेपाली समुदाय विशेषत नयाँ पुस्तामा एनआरएनए लाई हेर्ने दृष्टिकोणमा केही नकारात्मक नै देख्न सकिन्छ। नेपाली राजनीतिको प्रत्यक्ष समीकरण तथा प्रभाव, आफ्नो बिजनेसको प्रमोसन जस्ता कुराहरुले यस संस्थाप्रति नयाँ पुस्ताको हेर्ने दृष्टिकोण फरक पाइन्छ।

कतिपय ठाउँमा त नेपाली नेपाली कम्युनिटीमा पनि अरु कम्युनिटीको तुलनामा मतभेद ,साझेदारीमा विवाद, नयाँ आएकोहरूलाई केही थाहा हुँदैन भनेर बढी पैसा पनि लिने गरेको गरेको पाइन्छ।  

यसको अर्थ हामीले एनआरएनए सबै बेठिक भन्न खोजेको हैन तर एउटा अभिभावक संस्थाले यस्तो Issuses हरू लाई कसरी सम्बोधन गर्न सक्छ के गर्नुपर्छ भनेर दायित्व बोध मात्र गराउन खोजेको हो।

यसै विषयलाई केही विस्तृत बनाउन केन्द्र न्युज अस्ट्रेलियाले एनआरएन Australia उपाध्यक्ष तथा ACT- Coordinator विक्रम सुवेदी सँग गरिएको कुराकानीको सानो अंश प्रस्तुत गरेको छ। 

  • एनआरएनए मा विद्यार्थीहरूको सहभागिता किन आवश्यक देख्नुहुन्छ

यसमा मेरो धारणा केही फरक होला जो स्टुडेन्ट भिसामा छन् उनीहरुलाई हेल्प गर्ने संस्थाहरू सायद कम नै छ। उनीहरुलाई धेरै कुराहरुमा सपोर्ट चाहिन्छ। Citizen र PR भएकोहरुको तुलनामा स्टुडेन्टलाई सपोर्ट गर्ने संस्थाहरू तथा निकायहरू धेरै कम छन्। त्यसैले एनआरएनएले स्टुडेन्ट सपोर्ट को लागि एक महत्वपूर्ण कार्य योजना बनाउन पर्छ। र विद्यार्थीहरू पनि एनआरएनए सँग पारिवारिक संस्था मानेर जोडिनु आवश्यक हुन्छ।

एनआरएनए को सहयोग र सपोर्ट चाहिने मध्यको एक समूह विद्यार्थी समूह पनि हो। तर विद्यार्थी समूहको जुन रुपमा उपस्थिति हुनुपर्ने हो यो भएको छैन या त विद्यार्थीहरूको आफ्नै कार्यव्यस्तताको कारण वा उनीहरुको अरुचि वा उनीहरूलाई माथिल्लो तहबाट कुनै न कुनै रुपमा कार्यकारी भूमिकामा (In Responsible Role ) प्रत्यक्ष रूपमा रोकिएको कारणले ? NRNA को आधारभूत कामहरु Cultural Promotion Program, Investment, Training & Awareness , Donation  (आर्थिक सहायता, लगानी) जस्ता कामहरू भएपनि विद्यार्थीको कुनै पनि समस्याहरूमा कुनै न कुनै किसिमले सपोर्ट गर्नु नै अहिलेको एउटा महत्त्वपूर्ण जिम्मेवारी हुन आउँछ। आर्थिक विवरणको हिसाब आँकलन गर्दा विद्यार्थीको हक हितको लागि जस्तै:  मेन्टल हेल्थ सचेतना, विभिन्न दुर्घटनामा प्रत्यक्ष आर्थिक सहयोग, Social Awareness कोलागि विभिन्न प्रोग्राम गर्दा करिब १५ देखि २५% खर्च भएको देख्न सकिन्छ। तर खर्च भए अनुसार कम्युनिटीले प्रत्यक्ष आभास गर्न नपाएको गुनासाहरु पनि धेरै छन्। विद्यार्थी कै प्रतिनिधिलाई नै कुनै न कुनै रुपमा Responsable Role मा नपुर्याउनु एउटा कमजोरी देखिन्छ। एनआरएनए को एउटा मुख्य जग र भविष्य बदल्न सक्ने विद्यार्थी नै हुनाले Building Strong Community को आधारलाई मध्यनजर राख्दै निर्वाचित माध्यमबाट होस् या प्रत्यक्ष सामाजिक भूमिकाबाट कुनै न कुनै रूपमा उनीहरूलाई सामाजिक रूपान्तरणको लागि समावेश गराउन अनिवार्य देखिन्छ। एनआरएनए मा नयाँ रूपान्तरण पनि आवश्यक हुन्छ। किनकि नयाँ पुस्तालाई पनि संस्थामा Introduce गराउन सकेमा मात्र संस्था बलियो हुँदै जान्छ। १०-१५ वर्षदेखि कार्यकारी सदस्य नै फेरि कार्यकारी अवस्थामा रहँदा संस्थामा New Generation Introduce/ Involvement नहुँदा संस्थाको भविष्य कस्तो होला त्यो पनि सोच्न आवश्यक छ। 

  • NRNA मा आफ्नो बिजनेसको प्रवर्धन मा नै मान्छे केन्द्रित हुने गर्दछन् आफ्नो बिजनेस प्रमोसनलाई मुख्य आधार बनाउनको लागि NRNA मा कार्यकारी भूमिका रोज्ने गर्दछन् भन्ने कुरामा तपाईंको धारणा कस्तो ?

कतिपय कुराहरू जे देखिएका हुन्छन् त्यो बाहिर आउँछ। तर यसलाई यसरी विश्लेषण गर्नुपर्छ कि जुन मान्छे आफू कार्यकारीमा हुँदा आफ्नो बिजनेसलाई मात्र प्रमोट गर्न कति ध्यान दिन्छ वा आफ्नो कार्यकालमा आफ्नो बिजनेस कति प्रमोट गर्यो।यो कुरामा कार्यकारीमा भएको सदस्यहरूले आफ्नो पदया जिम्मेवारीको ख्याल गर्नुपर्ने देखिन्छ।

  • NRNA Australia को  वेबसाइटमा Student Council link छ , यो कतिको प्रभावकारी रहेको छ ?

NRNA Australia को  वेबसाइटमा Student Council छ तर यसमा प्रत्यक्ष चुनाव गराइँदैन कार्यकारी समितिबाट मनोनित  हुने भएकोले कहिलेकाहीँ आफ्नो नजिकबाट नै नियुक्ति गरेको पाइन्छ। यसले गर्दा नियुक्ति हुने मान्छेको Responsibility & Efficiency कम हुँदै गएको देख्न सकिन्छ। कतिपय ठाउँमा त उनीहरूको प्रोग्रामहरू पनि न्यूटन वा शून्य भएको देख्न सकिन्छ ।

यो काउन्सिलमा बस्ने जोसुकैले पनि त्यस स्टेटको विद्यार्थीहरूसँग  अन्तरक्रिया कार्यक्रम गरी युनिभर्सिटी, कलेज तथा Government Council सँग विद्यार्थीको समस्याहरूलाई प्रस्तुत गरिदिने माध्यम बनिदिनु पर्दछ। यस्ता काउन्सिल वा Sub-Committee हरूमा पनि निर्वाचनको माध्यमबाट मनोनित भएमा केही प्रभावकारी हुन सक्छ।  

  • तपाईँ सिंगो अस्ट्रेलियाको टिम अहिलेको कार्यकालमा कति प्रतिशत सफल देख्नुहुन्छ ?

 म यस भूमिकामा रहनु अघि विभिन्न संघसंस्थामा रहँदा वा अहिले पनि मेरो विचार Canberra मा रहेका सम्पूर्ण नेपाली द्वारा सञ्चालन गरिएका संघसंस्थाहरू एकबद्ध भई नेपाली कम्युनिटीको कुनै पनि योजना-कार्यक्रम भव्य र सफल बनाउने हो। भर्खरै मात्र सम्पन्न नेपाल फेस्टिवल पनि एक सफल कार्यक्रम को उदाहरण हो। अहिलेसम्म भएका सामाजिक कार्यहरूमा सहभागिता र उपलब्धिता हेर्दा ९५ प्रतिशत माथि नै सफलता मिलेको देखिन्छ। नेपाली कला, संस्कृति र नेपालको पहिचान झल्काउने यस कार्यक्रममा अहिलेसम्मको ऐतिहासिक उपलब्धि अस्ट्रेलियाको क्याबिनेट मन्त्रीहरू समेत उपस्थित भएर सम्पन्न गरिएको कार्यक्रम हो। साथै ACT राज्यका Multicultural Minister  र Member of Parliament हरुको पनि उपस्थिति रहँदै आएको छ। यस अर्थमा हामीले हाम्रो कला संस्कृतिको प्रवर्धनलाई सफल ढङ्गले प्रस्तुत गरेको बुझ्न सकिन्छ। 

  • अब हुने NRNA को चुनावमा तपाईंको योजना कस्तो हुनेछ ?

यसबारेमा अहिले भन्दा पनि त्यो बेलाको परिस्थिति समयले के माग गर्छ त्यही अनुसार निर्णय हुनेछ। म संस्थाभित्र भएपनि बाहिर भएपनि आफू सक्दो र भ्याए सम्म समाज रूपान्तरणको लागि उठेका समस्याहरू भए केही हदसम्म भएपनि सपोर्ट गर्नको लागि सधैँ तयार छु। 

नेपालको कलासंस्कृति प्रवर्धन,प्रदर्शन, नेपालमा लगानी विभिन्न विपतको बेलामा सहयोग, नेपाल सरकारको तथा विभिन्न संस्थाहरूको माध्यमबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु काम मुख्य काम रहेपनि जो विद्यार्थी भिसामा आउँछन् उनीहरुलाई आइपर्ने विभिन्न समस्याहरूलाई समाधान को लागि उनीहरूलाई प्रत्यक्ष सहयोग गर्नु एउटा महत्वपूर्ण कार्य हुन आउँछ। यसको लागि विद्यार्थीहरुले पनि NRNA सँग जोडिनु आवश्यक हुन्छ। Top Level ले पनि आफ्नो जिम्मेवारी निस्वार्थ पुरा गर्नु आजको आवश्यकता हो।

[/et_pb_text][/et_pb_column] [/et_pb_row] [/et_pb_section]

Comments

Trending