प्रधानमन्त्रीको निर्देशन: अदालतको सेवा कहिल्यै रोकिँदैन, उड्डयन प्राधिकरणले भवन उपलब्ध गराउने
काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नहुने स्पष्ट निर्देशन दिएकी छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलबीच बिहीबार भएको बैठकमा काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका उपायबारे छलफल गरिएको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरेका थिए।…
