Latest Posts +

Popular Posts +

अनेसास क्यानबेरा च्याप्टरको नयाँ कार्यसमिति अध्यक्षमा- महत्ता घिमिरे चापागाईं

Kendra news
July 12, 2025

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको नयाँ कार्यसमिति साहित्यकार, समाजसेवी महत्ता घिमिरे चापागाईंको  अध्यक्षतामा गठन भएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको आयोजनामा तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सह–आयोजनामा २१२औं भानु जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम  जुलाई ११ साँझ क्यानबेरामा  भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अस्ट्रेलिया को लागी नेपालका राजदूत महामहिम  चित्रलेखा यादव ज्यूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता अनेसास क्यानबेराकी उपाध्यक्ष महत्ता घिमिरे चापागाईंले गर्नुभएको थियो। 

कार्यक्रमकै अवसरमा अनेसास क्यानबेराको नयाँ कार्यसमिति पनि गठन भएको घोषणा गरियो। संस्थापक अध्यक्ष सकुन्तला देवकोटा ज्यूले ११ जनाको नाम घोषणा गर्नु भयो। महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

नव निर्वाचित अध्यक्ष महत्ता घिमिरेले नयॅा समितिको घोषणा लगतै आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “सबै सदस्यहरूको भावना, सुझाव र विचारलाई सम्मान गर्दै संस्थालाई  सशक्त, समावेशी र सक्रिय बनाउँदै लैजाने र साहित्यिक गतिविधिहरू गर्ने प्रतिबधता दिनु भयो।

यसका साथै कार्यक्रममा सिड्नीबाट आएका विशेष अतिथि जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी र राहुल अर्यालले आआफ्नो विशेष प्रस्तुत गर्नुभयो।नयाँ पुस्ताबाट मनश्वी चापागाईंको प्रस्तुतिले दर्शकको ध्यान विशेष रूपमा तानेको थियो। उनले आफ्ना हजुरबुवा, कवि स्वर्गीय भवानी घिमिरेको कविता बाचन गर्दै कार्यक्रमलाई भावनात्मक र पुस्तान्तरगत चेतनाले सुशोभित गरिन्। यसले नयाँ पुस्ताको सहभागिता र नेपाली साहित्यसँगको सम्बन्धलाई सशक्त रूपमा प्रस्तुत गर्‍यो। कार्यक्रममा भानुभक्त रामायणका श्लोकहरू, समसामयिक कविता, प्रवासी अनुभूतिहरू, र सांगीतिक प्रस्तुतीहरू मार्फत साहित्यिक चेतनाको भावपूर्ण प्रवाह देखिएर कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।

कार्यक्रम Gungahlin स्थित The Chimney Restaurant मा आयोजना गरिएको थियो। साँझ ५:३० बजेबाट सुरु भई ९:३० बजेसम्म चलेको कार्यक्रममा करिब २० साहित्य प्रेमीहरूले आ–आफ्ना सिर्जनात्मक अभिव्यक्तिहरू प्रस्तुत गरे। प्रस्तुतिहरूले नेपाली भाषा, प्रवासी अनुभव, संस्कृतिप्रतिको माया र समसामयिक भावनालाई जीवन्त बनाएका थिए।

Comments

Trending