नवीन घायल सिड्नी, अष्ट्रेलिया –
नेपाली चलचित्र उद्योगमा बेग्लै परिचय बनाएका निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ को भव्य रेड कार्पेट प्रिमियर अष्ट्रेलियामा आगामी अगस्ट ९ र १२ मा हुने भएको छ।
फिल्मको आयोजना तथा वितरणमा RFM Facility Management का रञ्जित शाह र Career Gateway Australia का सन्तोष तिवारी सक्रिय रहेका छन्। उनीहरूको संयोजनमा ‘पीआर’ अष्ट्रेलियाको दुई प्रमुख सहरमा प्रदर्शनमा ल्याइँदैछ।
📍हर्सभिल सिड्नी प्रिमियर – अगस्ट ९
फिल्मको पहिलो रेड कार्पेट प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सभिलस्थित Event Cinemas मा आयोजना हुनेछ। त्यहाँ चारवटा हलहरूमा वटा हलहरूमा एकैसाथ चारवटा शो राखिने जनाइएको छ। रेड कार्पेट इभेन्टमा फिल्मका कलाकार, निर्माता, निर्देशक तथा अष्ट्रेलियामा बसोबास गर्ने विशिष्ट व्यक्तिहरूको उपस्थितिको अपेक्षा गरिएको छ।
📍बरउड सिड्नी प्रिमियर – अगस्ट १०
फिल्मको दोस्रो रेड कार्पेट प्रिमियर अगस्ट ९ मा सिड्नीको बरउडस्थित Cinema हलमा आयोजना हुनेछ। त्यहाँ एक वटा शो अगस्ट १० मा राखिने जनाइएको छ।
न्यू क्यासल प्रिमियर – अगस्ट १२
तेस्रो प्रिमियर शो अगस्ट १२ मा न्यू क्यासलको Reading Cinemas मा हुने छ। आयोजक टोलीले दुई हलमा यो शो आयोजना गर्दैछ। न्यू क्यासलमा रहेका नेपालीहरूका लागि यो अवसरले चलचित्र क्षेत्रमा जोडिएका भावना झनै सशक्त बनाउने विश्वास लिइएको छ।
फिल्म ‘पीआर’ का विशेषता
नेपाली प्रवासीहरूको जीवन, पीडा र संघर्षलाई कथा बनाइएको ‘पीआर’ एक सामाजिक यथार्थपरक फिल्म हो। फिल्मले विदेशमा अध्ययन र रोजगारीका लागि जाने युवाहरूका समस्याहरू र नेपालमा बसेका अभिभावक तथा परिवारका संवेदनशील भावना उजागर गर्छ।
निर्देशक शोभित बस्नेतले फिल्मको कथा लेखन समेत गरेका छन् भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन्। फिल्म ‘पीआर’ अष्ट्रेलियाली नेपालीहरूको वास्तविक कथा जस्तै हो। यहाँका विद्यार्थी, आप्रवासी कामदार र तिनीहरूका परिवारबीचको भावना यो फिल्ममा समेटिएको छ। रेड कार्पेट प्रिमियरमा सहभागी भएर नेपाली कला, संस्कृति र कथालाई समर्थन गर्ने अवसर तपाईंको हुनेछ।
फिल्म ‘पीआर’ केवल मनोरञ्जनका लागि होइन, नेपाली डायस्पोराको गहिरो अनुभूति बोकेको भावनात्मक र सामाजिक फिल्म हो। अष्ट्रेलियामा बस्ने नेपाली समुदायलाई जोड्ने एउटा सांस्कृतिक सेतुका रूपमा यस फिल्मको रेड कार्पेट प्रिमियरलाई लिन सकिन्छ।
मुख्य कलाकारहरू:
फिल्ममा आर.ए. सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायलले अभिनय गरेका छन्।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसीले आफ्नो उपस्थिति जनाएका छन्।
प्रविधि र निर्माण पक्ष
फिल्मको छायांकन ६०% अष्ट्रेलियामा र ४०% नेपालमा गरिएको हो।
- छायाँकारहरू: सौरभ सायमी (अष्ट्रेलिया), सौरभ लामा (नेपाल)
- सम्पादन: बन्दे प्रसाद
- नृत्य निर्देशन: रामजी लामिछाने
- संगीत: मानस राज, भीम बीसी
- निर्माता: प्रदीप दाहाल (A-One Group Services), लक्ष्मण सापकोटा (Indreni Group)
- निर्माण व्यवस्थापक: केवलमान सिंह बस्नेत
- प्रमुख सहायक निर्देशकहरू: रामजी राउत, गणेश बुढाथोकी, मणि तामाङ
टिकट तथा जानकारी
प्रिमियर शोको टिकट बुकिङ विवरण, समय तालिका, र आगामी सेसनहरूका लागि चाँडै औपचारिक पोष्ट/लिंक सार्वजनिक गरिनेछ। आयोजक टोलीले दर्शकहरूलाई समयमै स्थान र समय सुनिश्चित गर्न अनुरोध गरेको छ।
Comments