आजको समयमा धेरै मानिस दिनभर मोबाइल, कम्प्युटर र इन्टरनेटमै व्यस्त हुन्छन्। लगातार स्क्रिन हेर्दा आँखा दुख्ने, थकान हुने, निद्रा नलाग्ने र चिडचिडोपन बढ्ने गर्छ। यस्तो समस्याबाट बच्न “डिजिटल डिटक्स” गर्नु आवश्यक छ।
डिजिटल डिटक्स भन्नाले केही समय मोबाइल, इन्टरनेट र स्क्रिनबाट टाढा बस्नु हो। यसले मस्तिष्कलाई आराम दिन्छ, एकाग्रता बढाउँछ र परिवारसँग समय बिताउन सहयोग गर्छ।
हप्तामा एक दिन वा केही घण्टा मोबाइल नछोई समय बिताउने बानी बसालौँ। यसले हाम्रो मानसिक स्वास्थ्यमा ठूलो फाइदा पुर्याउँछ।
– केन्द्र न्युज अष्ट्रेलिया
Comments