Latest Posts +

Popular Posts +

डेनभरमा बोइङ ७३७ म्याक्स ८ दुर्घटना टर्‍यो, सबै यात्रु सकुशल

Kendra news
July 27, 2025

अमेरिकाको डेनभर विमानस्थलमा मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाबाट जोगिएको छ। ल्यान्डिङ गियर फेल भएपछि टेकअफ रोकिँदा विमानको पछाडि आगो लागेको हो।

विमानमा १७९ जना सवार थिए। सबैलाई सकुशल विमानबाट निकालिएको छ। ६ जना सामान्य घाइते भए र १ जना अस्पताल भर्ना गरिएको छ।

टायरमा समस्या देखिएपछि विमान सेवा बाहिर राखिएको छ। दुर्घटनाका कारण ८७ उडान प्रभावित भएका छन्। बोइङ विमानहरूमा पछिल्ला दुर्घटनाले सुरक्षा चिन्ता बढाएको छ।

Comments

Trending