प्रतिक्षा न्यौपाने – मिस ग्यालेक्सी अष्ट्रेलिया २०२५ राष्ट्रिय प्रतियोगिताको फाइनलमा

प्रतिक्षा न्यौपाने – मिस ग्यालेक्सी अष्ट्रेलिया २०२५ राष्ट्रिय प्रतियोगिताको फाइनलमा

 प्रतिक्षा न्यौपाने – मिस ग्यालेक्सी अष्ट्रेलिया २०२५, सिड्नीमा हुने राष्ट्रिय प्रतियोगिताको ताजको लागि प्रतिस्पर्धा गर्दैछिन् । पहिलो पटक एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आइपुगेकी, प्रतिक्षा न्यौपाने स्वास्थ्य सेवाको क्षेत्रमा अग्रणी व्यक्तित्व बनेकी छिन् । मानसिक स्वास्थ्य चुनौतीहरूसँग लडिरहेका व्यक्तिहरूलाई सहयोग गर्दै , चेतना जगाउने, सामाजिक कुरितिसँग लड्न  र मानसिक स्वास्थ्य स्रोतहरूमा राम्रो पहुँच प्रवर्द्धन गर्ने उनको मिशनलाई यस प्रतिस्पर्धाले अझ उत्प्रेरित गरेको छ।

प्रतिक्षा न्यौपानेले भन्दछिन् “यस प्रतियोगिताले मलाई सहभागी भएर धेरै भन्दा धेरै मानिसहरूमा पुग्न, महत्त्वपूर्ण चेतनामूलक सन्देशहरू प्रस्तुत गर्न र मानसिक स्वास्थ्यका लागि वकालत गर्न एक अद्वितीय अवसर दिन्छ,”  त्यसकारण “शारीरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण छ, र म यस्तो समाज सिर्जना गर्न मद्दत गर्न चाहन्छु जहाँ सबैले देखेको, सुनेको र समर्थन गरेको महसुस हुन्छ।”

मिस ग्यालेक्सी अष्ट्रेलिया- सुन्दरता र शालीनता मात्र होइन नेतृत्व र सामुदायिक संलग्नताका लागि पनि प्रख्यात छ जसले प्रतियोगीहरूलाई अर्थपूर्ण प्रभाव पार्न आफ्नो आवाज प्रयोग गर्न प्रोत्साहित गर्दछ।

प्रतिस्पर्धा बढ्दै जाँदा, सार्वजनिक समर्थन महत्त्वपूर्ण छ। प्रत्येक भोटले प्रतिक्षा न्यौपानेलाई उपाधि जित्न र मानसिक स्वास्थ्य  सम्बन्धी एक प्रखर वक्ताको  रूपमा आफ्नो पहुँच विस्तार गर्न एक कदम नजिक ल्याउँछ।त्यसैले उनलाई यस प्रतिस्पर्धामा सहयोग गर्नु नै हामी र हाम्रो समुदायको लागि उपलब्धिमूलक हुन्छ। उनलाई भोट गर्नको लागि तलको  लिङ्कमा गएर गर्न सकिन्छ। प्रतिस्पर्धाको अन्तिम परिणाम मे ३ , २०२५ मा हुने भएकोले जति  सक्दो छिटो धेरै  भोट गरेर ,,,,,न्यौपानेलाई मिस ग्यालेक्सी अस्ट्रेलियाको ताज पहिराउन सहयोग गरौं। 

भोट गर्नको लागि:

https://www.pageantplanet.com/profile/pratikshya-neupane?role=Contestant

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *