युवा समूह चितवन सिड्नी बोइजले सामाजिक तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विषयमा सचेत बनाउने उद्देश्यले सामुदायिक सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले मानसिक स्वास्थ्य, सरसफाई, शिक्षा र नागरिक सहभागिता जस्ता चुनौतीहरू सामना गर्न समुदायलाई सक्षम बनाउने लक्ष्य राखेको छ।
चितवन सिड्नी बोइज को आयोजनामा आगामी सेप्टेम्बर २८ मा Burwood Park, Sydney मा दिउँसो ३ बजेबाट दशैं, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदानका साथै सामुदायिक सचेतना कार्यक्रम सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा मानसिक स्वास्थ्य, जुवा र लागुऔषधको दुरुपयोग रोकथाम, अनलाइन ठगीबारे सचेतना, घरेलु हिंसा नियन्त्रण, र नयाँ आगन्तुक विद्यार्थीहरूका लागि मार्गदर्शन जस्ता विषयमा अन्तरक्रिया हुनेछ। आयोजकहरूले यस किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने, समस्या पहिचान र समाधानमा सहयोग पुर्याउने, साथै युवा पुस्तामा जिम्मेवार र सचेत सोच विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
Comments