|

अष्ट्रेलियाको मेलबर्न सिटी सेन्टरमा प्रदर्शन: केही प्रहरी घाइते

१९ अक्टोबर २०२५,

अष्ट्रेलियाको मेलबर्न सिटी सेन्टरमा भएको विरोध प्रदर्शन हिंसामा परिणत भएको छ। दक्षिणपन्थी समूह “मार्च फर अष्ट्रेलिया” ले संसद भवन अगाडि आप्रवासन विरोधी र्याली आयोजना गरेको थियो। त्यसको विरोधमा “क्याम्पेन अगेंस्ट रेसिजम एण्ड फासिजम” समूहले प्रदर्शन गर्दा दुवै पक्षबीच झडप भएको हो।

घटनास्थलमा केही प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, काँचका बोतल र अन्य वस्तुहरू प्रहार गरे, जसका कारण दुई जना प्रहरी कर्मचारी घाइते भएका छन्। प्रहरीले पेपर स्प्रे, स्टन ग्रेनेड र रबर बलट प्रयोग गरी स्थिति नियन्त्रणमा ल्याएको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

भिक्टोरिया प्रहरीले हिंसामा संलग्न व्यक्तिहरूलाई जिम्मेवार ठहराउँदै शान्तिपूर्ण प्रदर्शनलाई प्रोत्साहन गरेको छ। भीक्टोरिया प्रधानमन्त्रीले पनि प्रहरीको कार्यप्रतिको धन्यवाद दिँदै प्रदर्शन कानूनी दायराभित्र रहोस् भन्ने पक्षमा कडा कदमहरूको समर्थन जनाएकी छन्।

मेलबर्न सिटी सेन्टरमा भएको यस घटनाले सार्वजनिक सुरक्षा र प्रदर्शन व्यवस्थापन सम्बन्धी बहसलाई पुनः चलायमान बनाएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *