स्याङ्जामा मतदाता नामावली अद्यावधिक, ३४७८ नाम हटाइयो
स्याङ्जा — जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मतदाता नामावली अद्यावधिक गर्दै ३ हजार ४७८ जनाको नाम हटाएको छ।
निर्वाचन कार्यालय प्रमुख श्रीराम थापाका अनुसार, मतदाता नामावलीबाट नाम हटाउने कारण मृत्यू, दोहोरो नामावली र नागरिकता परित्याग हो। यसअनुसार ३ हजार १८३ जनाको मृत्यूका कारण, २८४ जनाको दोहोरो नामावली र ११ जनाले नागरिकता परित्याग गरेकाले नाम हटाइएको छ।
त्यसैगरी, सो अवधि भित्र १ हजार ७८३ नयाँ मतदाता नामावलीमा थपिएका छन्। यो तथ्याङ्क २०८२ सालको बैशाख मसान्तसम्मको हो।
Source: kendrabhag.com
Comments