शीर्षकः अर्जी!!!!
भूगोल देखि खगोल सम्म
विषाक्त हावा चलेको छ!
निस्तेज छन् आकाशका ग्रहहरू
निराश-छन् नदि-नाला, समुद्रहरू
ताल-तलाउ, झरनाहरू
तला-वृक्षहरू
फल-फुलहरू
प्रकृतिसँग विन्ति छ
प्राणपखेरू रक्षार्थ
एउटा शुक्ष्म अर्जी !!!!
***इतिश्री***
✍️नारदप्रसाद आचार्य ‘सुदामा’
हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
Comments