अष्ट्रेलियामा विदेशी चालक अनुमतिपत्रको मान्यतामा नयाँ नियम

अष्ट्रेलियामा विदेशी चालक अनुमतिपत्रको मान्यतामा नयाँ नियम 

अष्ट्रेलिया — अष्ट्रेलियामा विदेशी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को मान्यतासँग सम्बन्धित एक महत्वपूर्ण परिवर्तन मे १, २०२५ देखि अधिकांश राज्य र क्षेत्रहरूमा लागू गरिएको छ।

यो परिवर्तनसँगै, Experienced Driver Recognition (EDR) नामक स्कीमको अन्त्य गरिएको छ। यो स्कीमअन्तर्गत केही निश्चित देशहरूबाट पूर्ण चालक अनुमतिपत्र भएका व्यक्तिहरूले अष्ट्रेलियाली लाइसेन्स सजिलै पाउने गरेका थिए। अब भने, ती व्यक्तिहरूलाई अष्ट्रेलियाली चालक अनुमतिपत्र प्राप्त गर्नका लागि अतिरिक्त प्रशिक्षण तथा परीक्षणहरू पास गर्नुपर्नेछ।

नयाँ नियम विशेष रूपमा ती व्यक्तिहरूका लागि लागू गरिएको हो जो स्थायी रूपमा अष्ट्रेलियामा बसोबास गर्छन् वा अष्ट्रेलियाली नागरिक हुन् तर अझै पनि विदेशी चालक अनुमतिपत्र प्रयोग गर्दै आएका छन्। अब उनीहरूले अष्ट्रेलियाको ड्राइभिङ टेस्ट सहितको नयाँ प्रक्रिया पूरा गर्नुपर्नेछ।

तर, पर्यटक र अस्थायी आगन्तुकहरू भने वैध विदेशी चालक अनुमतिपत्रमा अष्ट्रेलियामा गाडी चलाउन पाउनेछन्।

राज्यअनुसार चरणबद्ध कार्यान्वयन

यो परिवर्तन ACT, VIC, WA, र NT मा मे १, २०२५ देखि लागू भइसकेको छ। NSW र वेस्टर्न अष्ट्रेलिया WA मा भने अक्टोबर ३१, २०२५ सम्मको समय दिइएको छ। QLD ले वर्षको अन्त्यतिर मात्र कार्यान्वयन गर्नेछ, यद्यपि ठ्याक्कै मिति भने घोषणा हुन बाँकी छ। 

EDR सूचीमा रहेका देशहरूले अब नयाँ Recognised Country Scheme अन्तर्गत आवेदन दिन प्रोत्साहित गरिएको छ। यो Scheme अन्तर्गत देशहरूले अझ उच्च स्तरको चालक अनुमति प्रणाली अपनाउनुपर्नेछ, जसले गर्दा अष्ट्रेलियाली ट्राफिक सुरक्षाका मापदण्डहरू पूरा गर्न सकियोस्।

थप जानकारीको लागि आफ्नो राज्य वा क्षेत्रीय ट्राफिक कार्यालयसँग सम्पर्क गरी विशेष विवरण बुझ्न सल्लाह लिनुहोला, किनकि केही प्रक्रिया राज्य अनुसार फरक हुन सक्छ।र सम्बन्धित राज्यको ट्राफिक विभागको वेबसाइट हेर्नुहोस्।

मुख्य बुँदाहरू:

  • EDR अन्त्य मिति: अप्रिल ३०, २०२५
  • नयाँ नियम लागू: मे १, २०२५ (ACT, VIC, SA, NT)
  • NSW र WA मा समयसीमा: अक्टोबर ३१, २०२५
  • QLD: मिति घोषणा हुन बाँकी
  • पर्यटकहरू: वैध विदेशी चालक अनुमतिपत्रमा गाडी चलाउन पाउने

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *