क्यानबेरामा नेपाली समुदाय प्रतिनिधिहरू द्वारा मन्त्री मारिसा प्याटरसनसँग भेटवार्ता- सम्बन्धित सुनचाँदी पसल ठगी प्रकरणबारे ध्यानाकर्षण
अष्ट्रेलियन राजधानी क्षेत्र (ACT) का नेपाली समुदाय प्रतिनिधिहरूको एक प्रतिनिधिमण्डलले प्रहरी, दमकल तथा आपतकालीन सेवा सम्बन्धी ACT मन्त्री डा. मारिसा प्याटरसनसँग हालै क्यानबेरामा दुईवटा नेपाली- अष्ट्रेलियाली स्वामित्वका सुनचाँदी पसलहरूमा भएको ठगी प्रकरणबारे फलदायी छलफल गरेको छ।
नेपाली समुदाय प्रतिनिधिमण्डलमा निम्न प्रतिनिधिहरू सहभागी थिए:
- डा. कृष्ण हमाल, सार्वजनिक परिषद् अध्यक्ष, फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया (FeNCAA)
- युव पौडेल, उपाध्यक्ष, अष्ट्रेलिया-नेपाल फ्रेन्डसिप सोसाइटी (ANFS)
- सन्तोष मल्ल, अध्यक्ष, सनातन समाज अष्ट्रेलिया (SSA)
- ललित मल्ल, समन्वयक (निर्वाचित), गैरआवासीय नेपाली संघ ACT (NRNA ACT)
- यज्ञ अधिकारी, अध्यक्ष, नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ACT (NKSSP ACT)
- अमृत सुनार र करिश्मा हमाल सुनार, सिद्धा ज्वेलर्स क्यानबेरा
प्रतिनिधिमण्डलले मन्त्री प्याटरसनप्रति गहिरो आभार व्यक्त गर्दै ठगीको शिकार भएका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गर्न व्यवसाय स्थलमै पुग्नु भएको सक्रियता र यस घटनाबाट प्रभावितहरूप्रति देखाउनु भएको समवेदनशीलता प्रशंसायोग्य भएको बताएका छन्। साथै, मन्त्रीले पीडितहरूलाई सहायता गर्न र समुदायमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न नेपाली संस्थाहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
नेपाली समुदाय मन्त्री प्याटरसनको निरन्तर सहयोग र सहकार्यको लागि आभारी छ। साथै, मन्त्रीकी सल्लाहकार कशिश कुमारप्रति पनि नेपाली समुदायका तर्फबाट विशेष धन्यवाद व्यक्त गरिएको छ, जसले समुदायप्रति सधैं सहयोग र समर्थन जनाउँदै आउनुभएको छ।
