Latest Posts +

Popular Posts +

चितवन सिड्नी बोइजको आयोजनामा -सिड्नीमा सामुदायिक सचेतना कार्यक्रम हुने 

Kendra news
September 23, 2025

युवा समूह चितवन सिड्नी बोइजले सामाजिक तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विषयमा सचेत बनाउने उद्देश्यले सामुदायिक सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले मानसिक स्वास्थ्य, सरसफाई, शिक्षा र नागरिक सहभागिता जस्ता चुनौतीहरू सामना गर्न समुदायलाई सक्षम बनाउने लक्ष्य राखेको छ।

चितवन सिड्नी बोइज को आयोजनामा आगामी सेप्टेम्बर २८ मा Burwood Park, Sydney मा दिउँसो ३ बजेबाट दशैं, तिहार र छठ पर्वको शुभकामना आदान–प्रदानका साथै सामुदायिक सचेतना कार्यक्रम सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा मानसिक स्वास्थ्य, जुवा र लागुऔषधको दुरुपयोग रोकथाम, अनलाइन ठगीबारे सचेतना, घरेलु हिंसा नियन्त्रण, र नयाँ आगन्तुक विद्यार्थीहरूका लागि मार्गदर्शन जस्ता विषयमा अन्तरक्रिया हुनेछ। आयोजकहरूले यस किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने, समस्या पहिचान र समाधानमा सहयोग पुर्‍याउने, साथै युवा पुस्तामा जिम्मेवार र सचेत सोच विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

Comments

Trending