|

आवश्यक तालिम तथा मूल्यांकन पूरा नगरी First Aid र CPR प्रमाणपत्र लिने प्रवृत्तिप्रति सचेत रहन आग्रह

क्यानबेरा — अष्ट्रेलियामा आवश्यक तालिम तथा मूल्यांकन (assessment) पूरा नगरी First Aid र CPR प्रमाणपत्र प्राप्त गर्ने तथा त्यस्ता प्रमाणपत्र रोजगारीमा प्रयोग गर्ने प्रवृत्ति सुनिन थालिएको प्रति विद्यार्थी तथा कामदारहरूलाई सचेत रहन आग्रह छ।

First Aid र CPR प्रमाणपत्र विशेषगरी aged care, disability support, childcare, healthcare तथा community services जस्ता क्षेत्रमा काम गर्ने व्यक्तिका लागि महत्वपूर्ण मानिन्छ। यी प्रमाणपत्र रोजगारीका लागि आवश्यक कागजात मात्र नभई आपत्कालीन अवस्थामा जीवनरक्षक सीप प्रयोग गर्न सक्ने क्षमता प्रमाणित गर्ने माध्यमसमेत हुन्।

तालिममा सहभागी नभई वा आवश्यक assessment पूरा नगरी प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियाले विद्यार्थी, कामदार तथा प्रमाणपत्र जारी गर्ने training provider लाई समेत नियामकीय तथा कानुनी जोखिममा पार्न सक्छ।

अष्ट्रेलियाको Australian Skills Quality Authority (ASQA) ले आवश्यक प्रशिक्षण र assessment पूरा नगरी VET qualification वा प्रमाणपत्र जारी गर्ने अभ्यासलाई compliance को गम्भीर विषयका रूपमा लिने गरेको छ। गलत वा fraudulent VET qualifications सम्बन्धी गतिविधिमा कारबाही तथा परिस्थितिअनुसार civil वा criminal penalties को जोखिम समेत हुन सक्ने भएकाले सम्बन्धित व्यक्तिहरूले  सावधानी अपनाउन आवश्यक छ।

त्यसैगरी, गलत वा नक्कली प्रमाणपत्रलाई त्यसको वास्तविकताबारे जानकारी हुँदाहुँदै आधिकारिक प्रयोजनमा प्रयोग गरेको अवस्थामा पनि कानुनी तथा रोजगारीसम्बन्धी समस्या उत्पन्न हुन सक्छ। प्रमाणपत्रको सत्यता जाँचका क्रममा गलत प्रमाणपत्र प्रयोग गरेको पाइएमा रोजगारी गुम्ने, disciplinary action हुने वा सम्बन्धित नियामक निकायलाई जानकारी गराइने जोखिम रहन सक्छ।

कागजी प्रमाणपत्र प्राप्त गर्नु मात्रभन्दा आपत्कालीन अवस्थामा सही ढंगले CPR तथा First Aid प्रदान गर्न सक्ने वास्तविक competency र practical skills हासिल गर्नु महत्वपूर्ण हुन्छ।यस अर्थमा पनि  First Aid तथा CPR प्रमाणपत्र आवश्यक पर्ने व्यक्तिहरूलाई मान्यता प्राप्त training provider वा Registered Training Organisation (RTO) मार्फत वास्तविक तालिम तथा आवश्यक assessment पूरा गरेर मात्र प्रमाणपत्र लिन आग्रह छ।

क्यानबेरामा First Aid तथा CPR प्रशिक्षण

सन्तोष  मल्ल 

निर्देशक : CBR Nursing College, Canberra Australia

यसैबीच, क्यानबेरास्थित CBR Nursing College ले समुदायका लागि First Aid तथा CPR सम्बन्धी practical र hands-on training सञ्चालन गर्ने जनाएको छ। कलेजका अनुसार नयाँ कक्षा २४ अगस्ट २०२६ बाट सुरु हुनेछ।

प्रशिक्षणमा First Aid तथा CPR, Education & Care क्षेत्रमा आवश्यक First Aid तथा practical hands-on learning समावेश हुने जनाइएको छ। काम, अध्ययन वा आपत्कालीन अवस्थामा आवश्यक सीप विकास गर्न चाहने व्यक्तिले कलेजसँग प्रशिक्षण र booking सम्बन्धी थप जानकारी लिन सक्नेछन्।

Training खर्चमा tax deduction

First Aid वा CPR training मा भएको खर्च हालको रोजगारीसँग प्रत्यक्ष सम्बन्धित भएमा र Australian Taxation Office (ATO) का आवश्यक मापदण्ड पूरा गरेमा केही अवस्थामा work-related education वा training expense का रूपमा tax return मा दाबी गर्न सकिने हुन सक्छ। तर हरेक training खर्च स्वतः deductible हुने भने होइन, त्यसैले आफ्नो परिस्थितिअनुसार ATO का नियम जाँच गर्नु आवश्यक हुन्छ।

First Aid र CPR प्रमाणपत्रलाई केवल रोजगारीका लागि आवश्यक कागजातका रूपमा नभई वास्तविक जीवनमा प्रयोग हुने महत्वपूर्ण सीपका रूपमा लिन आवश्यक छ। तालिम र assessment पूरा नगरी प्रमाणपत्र प्राप्त गर्ने सर्टकटभन्दा वास्तविक प्रशिक्षण, competency र practical skills हासिल गर्नु नै सुरक्षित र जिम्मेवार विकल्प हो।

स्रोत:

ASQA
Australian Government – Criminal Code 

CBR Nursing College

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *