अस्ट्रेलियाको Wollongong मा तिहार विशेष देउसी–भैलो कार्यक्रम सम्पन्न
वलोङगोङ इलावारा नेपाली समुदाय-Wollongong Illawarra Nepali Community (WINC) द्वारा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्दै स्थानीय नेपाली समुदायले तिहार मनाएको छ।
Wollongong Illawarra Australia : अस्ट्रेलियाको वोलोङगोङ क्षेत्रमा सक्रिय नेपाली सामुदायिक संस्था वोलोङगोङ इलावारा नेपाली समुदाय (WINC) को आयोजनामा तिहार विशेष देउसी–भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इलावारा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेपालीहरूले देउसी–भैलो, लोकगीत, दोहोरी, नृत्य तथा आधुनिक लाइभ सांगीतिक प्रस्तुतिमार्फत तिहारको खुसी साटासाट गरेका थिए। साथै, एकआपसमा तिहारको शुभकामना आदानप्रदान गर्दै नेपाली संस्कृति र परम्परालाई उत्सवका रूपमा मनाएका थिए।



कार्यक्रममा MCCI का प्रमुख कार्यकारी अधिकृत (CEO) क्रिसको पनि उपस्थिति रहेको थियो। उनले इलावारा क्षेत्रमा नेपाली समुदायको जनसंख्या निरन्तर बढ्दै गएको उल्लेख गर्दै नेपाल र नेपाली समुदायसँग सहकार्य गर्न आफू सधैँ सकारात्मक रहेको बताए। उनले नेपाली समुदायको विकास र कल्याणका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरे।


कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, स्थानीय नेपाली समुदायका अगुवा तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। WINC का अध्यक्ष सञ्जीव अम्गाईंले विदेशमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्नु सबै नेपालीको साझा दायित्व भएको बताए। उनले यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
कार्यक्रमले अस्ट्रेलियामा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई जीवन्त राख्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ। WINC ले आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति तथा सामुदायिक एकताको प्रवर्द्धनका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
:BHARAT PANTA
PUBLIC RELATIONS OFFICER
Wollongong Illawarra Nepali Community
Most read
Victoria’s illicit tobacco crackdown came too late, premier admits
Albanese Defends Housing Tax Changes, Says Reforms Aim to Help First Home Buyers
Australia’s new student visa rules block family reunions for many international students
Victorian state election 2026: Enrolment closes on 3 November as voting rules change
NRN Australia–Canberra Urges Nepal to Strengthen Emergency Support and Embassy Accountability-A memorandum to Nepal’s Foreign Minister
