|

NEPAFE द्वारा स्थानीय स्तरको जलवायु अभियान विषयक संवाद हुने

सिड्नी/मेलबर्न, ५ जुन २०२५ – विश्व वातावरण दिवस २०२५ को अवसरमा अष्ट्रेलियास्थित नेपाल कृषि, बन तथा वातावरण संघ (NEPAFE) ले “विश्वव्यापी समस्या – स्थानीय समाधान: समुदायबाट जलवायु परिवर्तनमा योगदान” भन्ने शीर्षकमा एक महत्वपूर्ण Webinar  आयोजना गरेको छ ।

५ जुन साँझ ७:०० बजे (AEST) मा भर्चुअल रूपमा सम्पन्न  हुने उक्त कार्यक्रममा अष्ट्रेलिया तथा विश्वभरिबाट सहभागीहरूको उपस्थिति रहेको थियो।

CSIRO मेलबर्नका वैज्ञानिक डा. राजु अधिकारी को संयोजनमा सम्पन्न हुने कार्यक्रममा निम्न वक्ताहरूले विचार प्रस्तुत गर्नु हुनेछ।

  • डा. राधा वाग्ले – जैव विविधता तथा जलवायु अनुकूलन विशेषज्ञ
  • डा. याकिन्द्र तिमिल्सेना – अध्यक्ष, नोरिश नेसन फाउन्डेसन
  • भास्कर रेग्मी – अध्यक्ष, रिसाइकल टु रिभाइभ (R2R)

उक्त संवादमा स्थानीय स्तरमा अपनाउन सकिने जलवायु समाधानहरू, दिगो जीवनशैली, जलवायु सहनशीलता, फोहोर व्यवस्थापन, र सामुदायिक सशक्तिकरण को भूमिका जस्ता महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिनेछ।

“जलवायु परिवर्तन एउटा विश्वव्यापी समस्या हो, तर समाधानको सुरुवात स्थानीय स्तरबाट हुनुपर्छ , सही जानकारी र उपकरण उपलब्ध भएमा समुदायहरूले परिवर्तनको नेतृत्व गर्न सक्छन्।” डा. तिमिल्सेना

Microsoft Teams मार्फत हुने कार्यक्रमले ज्ञान आदानप्रदान, जागरूकता अभिवृद्धि र साझा प्रतिबद्धता सुदृढ गर्न सहयोग पुर्‍याउने विश्वास छ।

कार्यक्रममा Nourish Nation Foundation र Recycle to Revive (R2R) को विशेष सहयोग रहेको छ, जसले स्थानीय स्तरमा वातावरणीय सचेतना तथा दिगोपनालाई प्रवर्द्धन गर्दै आएका छन्।

NEPAFE का आगामी कार्यक्रम तथा पहलहरूबारे थप जानकारीका लागि www.nepafe.org.au भ्रमण गर्नुहोस् वा LinkedIn मा पछ्याउनुहोस्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *