Latest Posts +

Popular Posts +

ACT Government को ‘BBQ Tax’ विरुद्ध प्रतिपक्षको कडा आपत्ति

Kendra news
September 18, 2025

क्यानबेराका स्थानीय पार्कहरूमा निजी कार्यक्रम वा बीबीक्यू गर्न चाहने प्रत्येक परिवार र समुदायका सदस्यहरूले अब डलर ९३ शुल्क तिर्नुपर्ने निर्णय ACT Government ले गरेको छ।

यी पार्कहरू विगतदेखि नै नि:शुल्क प्रयोग हुँदै आएका छन्। जन्मदिन, परिवारिक भेटघाट, विवाह वा अन्य समुदायिक कार्यक्रममा क्यानबेरावासीहरूले पार्कलाई सहज र किफायती स्थानको रूपमा रोज्दै आएका छन्। तर अब सरकारले चुपचाप नयाँ नियम ल्याउँदै प्रत्येक निजी कार्यक्रमका लागि अनुमति लिनु पर्ने र सोही अनुमति शुल्कका रूपमा डलर ९३  तिर्नु पर्ने बाध्यता सिर्जना गरेको छ।

जीवनयापन खर्च बढिरहेको अवस्थामा पार्कहरू क्यानबेराका परिवारहरूको सस्तो विकल्प थिए। तर लेबर सरकारको यो कदमले नागरिकलाई सजिलो भन्दा झन् समस्या मात्र दिनेछ।

प्रतिपक्ष (एसीटी लिबरल) ले यस निर्णयको कडा विरोध गरेको छ। प्रतिपक्ष नेतृ तथा एसीटी विपक्षकी नेता Leanne Castley MLA  ले भनिन्:

“पार्कहरू हाम्रो सामुदायिक सम्पत्ति हुन्, जसलाई प्रयोग गर्न जनताले अतिरिक्त कर तिर्नु पर्ने कुनै औचित्य छैन। यसरी लुकाएर शुल्क लगाउनु लेबरको असंवेदनशीलता र जनताप्रति जिम्मेवारीको कमी प्रस्ट देखाउँछ।”

प्रतिपक्षले सरकारलाई यो निर्णय फिर्ता लिन आग्रह गरेको छ र क्यानबेरावासी परिवारलाई अझै बढी आर्थिक बोझ नथप्न चेतावनी दिएको छ। Leanne Castley MLA  ले प्रेस विज्ञप्ति मार्फत लेखेकी छन् ।

Source:Opposition Leader Leanne Castley MLA

Comments

Trending