सिड्नीमा इजरायल राष्ट्रपतिको भ्रमणविरुद्ध प्रदर्शन हिंसात्मक, प्रहरी–प्रदर्शनकारीबीच झडप
KNA- Canberra इजरायलका राष्ट्रपतिको अष्ट्रेलिया भ्रमणको विरोधमा हजारौँ pro-Palestinian प्रदर्शनकारीहरू सिड्नीको सडकमा उत्रिएका थिए। जसको कारण सिड्नीको केन्द्रीय व्यापारिक क्षेत्र (CBD) मा आज प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्। प्रदर्शनकारीहरूले नाराबाजी गर्दै र ब्यानर तथा झन्डा बोकेर शान्तिपूर्ण रूपमा प्रदर्शन सुरु गरे पनि, अवस्था क्रमशः तनावपूर्ण बन्दै गएपछि स्थिति नियन्त्रण बाहिर गएको बताइएको छ।…
