शीर्ष नेताहरूसँग चुनावबारे छलफल: तीन दल निर्वाचनमै एकमत- नेपाल सरकारका प्रवक्ता
काठमाडौं-नेपाल नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग आगामी निर्वाचनका विषयमा छलफल गरेका छन्। मन्त्री खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री…
