SMS पठाउन आइडी रजिस्टर गर्नुपर्ने – ACMA (Australian Communications & Media Authority)

क्यानबेरा – अष्ट्रेलियाको सञ्चार नियामक संस्था ACMA ले अब SMS सन्देशको शीर्षमा प्रयोग हुने ब्रान्ड आइडी (जस्तै “myGov” वा “AusPost”) दर्ता र प्रयोग सम्बन्धी नयाँ नियमहरू सार्वजनिक गरेको छ।

“एसएमएस सेंडर आइडी रजिस्टरले अष्ट्रेलियालीहरूलाई सन्देशहरू वैध भनेर विश्वास दिलाउनेछ र उनीहरूले प्राप्त गर्ने सन्देशहरू वैध हुनुपर्छ जसले गर्दा नक्कली सन्देशहरू छुट्याउन सजिलो हुन्छ।”

१ जुलाई २०२६ देखि, केवल दर्ता भएका सेंडर आइडीहरूमात्र एमएमएसमा प्रयोग गर्न सकिनेछ। दर्ता नभएका सेंडर आइडी भएका सन्देशहरू उपभोक्ताका फोनमा ‘Unverified’ थ्रेडमा देखा पर्नेछ, जसले प्राप्त कर्ता लाई सम्भावित ठगीको संकेत दिनेछ।

नयाँ एसएमएस सेंडर आइडी रजिस्टर निर्धारण २०२५ ले सेंडर आइडी आवेदनका मापदण्डहरू, उपभोक्तालाई भ्रमित पार्न सक्ने सेंडर आइडीको प्रयोगमा रोक, र दर्ता भएका सेंडर आइडी स्पष्ट रूपमा दर्ता गर्ने संस्था सँग सम्बन्धित हुनुपर्ने जस्ता नियमहरू निर्धारण गरेको छ।

ACMA ले सूचना जारी गरेको छ  कि सेंडर आइडी प्रयोग गर्ने संस्था वा कम्पनीहरूले ३० नोभेम्बर २०२५ सम्ममा आफ्नो Telecommunication वा प्रदायकसँग सम्पर्क गरी ब्रान्डेड एसएमएसको तयारी गर्नुपर्ने छ जसले गर्दा २०२६ जुलाई अघि सम्म  अवरोध बिना सम्पूर्ण दर्ता प्रक्रिया पूरा होस्, ।

“नयाँ एसएमएस सेंडर आइडी रजिस्टर २०२५ ले आवेदनका मापदण्ड तय गरेको छ, भ्रमित पार्ने सेंडर आइडी प्रयोग रोक लगाएको छ, र दर्ता भएका आइडीहरू स्पष्ट रूपमा सम्बन्धित संस्था—जस्तै व्यवसाय नाम वा ट्रेडमार्क—सँग मेल खानु पर्ने सुनिश्चित गरेको छ।”

स्रोत: ACMA, अष्ट्रेलिया

More information

Telcos and message providers can now apply to the ACMA to participate in the register.

Visit the ACMA website for more information about the SMS Sender ID Register.

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *