अष्ट्रेलियामा बसोबास गर्ने नेपाली तथा अन्य समुदायलाई सचेत गराउँदै, कर तथा Superannuation fund सम्बन्धी प्राधिकरणहरू (ATO & ASIC) ले स्व-व्यवस्थापन गरिएको सुपर फन्ड (SMSF) सम्बन्धी गैरकानुनी योजना र प्रलोभनबाट सचेत रहन आग्रह गरेका छन्।
अहिले कोही कसैले गैरकानुनी रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई वा चाँडै सुपर फन्डको रकम निकाल्न मिल्ने भन्दै मानिसहरूलाई SMSF खोल्न उक्साउने गरेका छन्। यस्तो किसिमका योजना कर तथा सुपर कानुनविरुद्ध हुन सक्ने भएकाले त्यसले गम्भीर जरिवाना र कानुनी कारवाही भोग्नुपर्ने अवस्था आउन सक्छ।त्यसैले यस्तो गम्भीर त्रुटिबाट जोगिन फोन इमेल म्यासेजको भरमा मात्र काम गर्न नलगाउनु नै बेस हुन्छ।
यदि तपाईँलाई कसैले यस्तो आश्वासन दिएमा तपाईंले ठगी हो कि होइन भनेर चिन्नको लागि केही संकेतहरु निम्नअनुसार पनि जाँच गर्न सक्नुहुनेछ चेतावनीका संकेतहरू:
- चाँडै सुपर फन्ड निकासी गरिदिने आश्वासन
- अत्यधिक प्रतिफलको लोभ
- तत्काल निर्णय गर्न दवाव दिने व्यवहार
यसबाट जोगिन तपाईँले फेरि एकपटक सोच्नुहोस् र जाँच गर्नुहोस्।
- आफैं अनुसन्धान गर्नुहोस् – लगानी गर्नुअघि राम्ररी बुझ्नुहोस्।
- फरक सोच्नुहोस् – हतारमा निर्णय नगर्नुहोस्।
- सलाहकारको प्रमाणिकता हेर्नुहोस् – ASIC को Financial Advisers Register र ATO को Registered Tax Agent मा तपाईंको सल्लाहकार दर्ता छ कि छैन पत्ता लगाउनुहोस्।
- शंका गर्नुहोस् – “धेरै राम्रो देखिन्छ” भने त्यस्तो योजना अक्सर झुटो हुन सक्छ।
- सबै कागजात माग्नुहोस् – लगानी योजना लगायत सबै कागजात मागेर राम्ररी पढ्नुहोस्।
SMSF सम्बन्धी कुनै पनि निर्णयले तपाईंको कर र सुपर दायित्वमा असर पार्न सक्छ। त्यसैले राम्रोसँग मूल्याङ्कन गर्नु आवश्यक छ।
यदि तपाईंलाई कसैले यस्तो योजना प्रस्ताव गरेका छन् वा तपाईंले गैरकानुनी SMSF योजना शंका गर्नुभएको छ भने:
- ATO को टिप-अप फारम भर्नुहोस् वा
- १८०० ०६० ०६२ मा फोन गर्नुहोस्
ATO र ASIC संयुक्त रूपमा यस्ता गैरकानुनी गतिविधिहरूको अनुसन्धान गरिरहेका छन्।
source: www.ato.gov.au
फोन इमेलको घरमा मात्र यस्ता काम गर्नु हुँदैन। त्यसैले आफूले चिनेको वा बुझेको कसैसँग सल्लाह गरी ASIC को Financial Advisers Register मा दर्ता भएको र लाइसेन्स प्राप्त व्यक्ति तपाईंको लागि उपयुक्त हुन सक्दछ।
यस सन्दर्भमा केन्द्र न्युज अस्ट्रेलियाले नेपाली समुदायका एक व्यक्ति जो ASIC को Financial Advisers Register र ATO को Registered Tax Agent मा दर्ता भएको र लाइसेन्स प्राप्त हुनुहुन्छ, उहाँसँग नै यसबारेमा छोटो कुराकानी गरेको छ।
दिपेन्द्र पन्त विगत ९ वर्षदेखि यस क्षेत्रमा हुनुहुन्छ।
उहाँ भारत र नेपालको मान्यता प्राप्त चार्टर एकाउन्टेन्टतथा CPA अस्ट्रेलियाको आधिकारिक सदस्य हुनुहुन्छ। अहिले उहाँ DS Accountants and Advisors Pty Ltd (Registered Tax Agent Number: 26054807) का म्यानेजिङ डाइरेक्टर पनि रहनुभएको छ। आउँदा दिनमा अस्ट्रेलियन Tax , Accounting, Booking Keeping जस्ता महत्त्वपूर्ण कुराहरूमा हामीले जानकारी र सूचनाहरू प्रस्तुत गर्नेछौं। भने यस कुराकानीमा हामीले SMSF सम्बन्धी केही जानकारीहरु प्रस्तुत गरेका छौं।

1. SMSF सुरु गर्नका लागि के–के प्रक्रिया पूरा गर्नुपर्छ? र के के खर्चहरू लाग्न सक्छन्?
SMSF सुरु गर्नका लागि निम्नप्रक्रियाअपनाउन पर्दछ:
- व्यक्तिगत ट्रस्टी वा कर्पोरेट ट्रस्टी चयन गर्नुपर्दछ।
- ट्रस्टी नियुक्त गरी सबै ट्रस्टीहरूले जिम्मेवारी स्वीकार्ने सहमति र घोषणा-पत्रमा हस्ताक्षर गर्नुपर्छ।
- Trust Deed तयार गर्नुपर्दछ जसमा SMSF को नियम र संचालन प्रक्रिया खुलाइएको हुन्छ।
- ABN (Australian Business Number) र TFN (Tax File Number)लिनुपर्दछ।
- सबै SMSF लेनदेनहरू छुट्टै बैंक खाताबाट गर्नुपर्छ।
- पहिलेको सुपर कोष ट्रान्सफर गर्नुहोस्।
- लगानीको स्पष्ट योजना बनाउनु पर्दछ।
- खर्चहरूमा: Setup Cost, वार्षिक लेखा परीक्षण Compliance , Loan Structure, State Stamp duty जस्ता खर्चहरू लाग्दछन्।
2. ट्रस्टी (Trustee) को भूमिका र जिम्मेवारीहरू के–के हुन्छन्?
ट्रस्टी (Trustee)ले कोष सदस्यहरूको हितमा काम गर्नुपर्छ व्यक्तिगत सम्पत्ति र कोषको सम्पत्ति छुट्याएर ASIC Act अनुसार संचालन गर्नुपर्छ। वार्षिक अडिटको व्यवस्थापन गरेर ATO लाई सही समयमा रिपोर्ट बुझाउनु पर्ने हुन्छ । साथै लगानी र वित्तीय कागजातहरू नियमित रूपमा अद्यावधिक गर्नुपर्दछ।
3. कम्प्लायन्स को बारेमा कस्तो व्यवस्था छ ? वार्षिक अडिट प्रक्रियाको व्यवस्थापन कसरी गर्नुहुन्छ?
वार्षिक लेखा परीक्षण तयारीका लागि आवश्यक कागजातहरू : सम्पूर्ण लेनदेन र मूल्यांकन विवरणहरू, अद्यावधिक लगानी रणनीति, सदस्य खाताहरूको विवरण गरेर ATO द्वारा मान्यता प्राप्त अडिटरले गर्नुपर्नेहुन्छ र प्रत्येक वर्षको SMSF Annual Return प्रतिवेदन प्रत्येक वर्ष ATO लाई बुझाउनु पर्दछ।
4.SMSF ट्रस्टीहरूले प्राय: गर्ने गल्तीहरू के हुन्, र तिनीहरूबाट बच्न तपाईंले कस्तो सहयोग गर्नुहुन्छ?
कहिलेकाहीँ सामान्य गल्तीहरू जस्तै :
- व्यक्तिगत सम्पत्तिहरू र फन्ड सम्पत्तिहरू मिसाउने
- लेनदेन वा लगानीको उचित कागजात नबनाउनु
- नियमनको उल्लंघन हुने लगानीगर्नु गर्नगर्नु हुन सक्छन्
यसबाट सचेत भई बच्न को लागि निम्न उपायहरू अपनाउन सकिन्छ
- पेशेवर लेखा परीक्षक वा SMSF Administrator को सहायता लिनु
- नियमहरूको अपडेटमा सधैं सजग रहनु
- रणनीति अनुसार लगानी गर्दा नियमित समीक्षा गर्नु
5. SMSF ले कुन–कुन प्रकारका लगानी गर्न पाउँदैन?
SMSF अन्तर्गत निम्न लगानीहरू गर्न पाइँदैन।
- आफ्नै वा आफन्तको सम्पत्तिमा लगानी गर्नु
- सदस्य वा सम्बन्धित पक्षलाई लोन दिनु
- व्यक्तिगत उपयोगको लागि सामान खरिद गर्नु
- गैर-बजार मूल्यमा सम्पत्ति खरिद वा बिक्री
6. SMSF को माध्यमबाट पाइने कर लाभहरू के–के हुन्?
- Accumulation Phase: 15% Tax rate
- Pension Phase: 0% कर दर (Transfer Balance Cap भित्र रहनुपर्छ)
- Capital Gains Tax छुट: 12 महिनाभन्दा बढी राखिएको सम्पत्तिमा 10% CGT मात्र लाग्छ
7. SMSF लाई पेन्सन अवधिमा कसरी रूपान्तरण गर्ने?
- सदस्यले preservation age (आम रूपमा 60 वर्ष) पुगेपछि पेन्सन सुरु गर्न सकिन्छ
- ATO लाई पेन्सन सुरु गरिएको जानकारी दिनु पर्छ
- न्यूनतम वार्षिक भुक्तानी गर्नुपर्ने
- Transfer Balance Cap भित्र रहनुपर्ने (जस्तै $1.9 मिलियन सम्म)
8. SMSF बन्द गर्नको लागि प्रक्रिया कस्तो हुन्छ?
- सबै सदस्य खाताहरू खाली गर्नु (पेन्सन वा अन्य सुपर फन्डमा ट्रान्सफर)
- सम्पत्ति बेचेर फन्डको बैंक खाता बन्द गर्नु
- अन्तिम अडिट गराउनु पर्दछ
- Final Return ATO मा बुझाउनु पर्दछ
- ATO लाई फन्ड बन्द गरिएको जानकारी दिनु र ABN रद्द गर्नु पर्दछ
9. एकपटक बन्द भएको SMSF फेरि सुचारु गर्नु वा retail/ industry fund मा फर्कन मिल्छ?
- एकपटक बन्द भएको SMSFपुन: सुचारु गर्न सकिँदैन, नयाँ SMSF खोल्नुपर्छ
- बन्द गर्नु अघि पैसा अन्य सुपर फन्ड (retail/industry) मा ट्रान्सफर गर्न सकिन्छ
यदि तपाईं तपाईँलाई कुनै पनि किसिमको Superannuation fund, Tax , accountant सम्बन्धी विस्तृत जानकारी तथा सेवाको लागि dipendra@dsaccountant.com.au अथवा 0414532390 मा दीपेन्द्र पन्तलाई सम्पर्क गर्न सक्नुहुनेछ।
Face Book: https://www.facebook.com/dsaccountants
Website: https://dsaccountant.com.au/about/
[/et_pb_text][/et_pb_column][/et_pb_row][/et_pb_section]
Comments