|

सनातन समाज अस्ट्रेलिया: महाशिवरात्री महोत्सव

विगत वर्षजस्तै यस वर्ष पनि सनातन समाज  क्यानवेरा अस्ट्रेलियाले महारात्री महाशिवरात्री महोत्सवको आयोजना गर्ने भएको छ। यही फागुन १४ गते महाशिवरात्रीको अवसर पारेर यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रम क्यानबेरा स्थित 235 Narrabundah Ln, Canberra मा हुनेछ , यस महाशिवरात्री महोत्सवमा विभिन्न किसिमका पूजा कार्यक्रम रहेका छन्। शिव पञ्च स्नान, शिव पञ्चाक्षरी श्रोत पाठ, महामृत्युजन्य जप, शिव ताण्डव स्त्रोत पाठ, शिव महात्मा तथा शिव भजन किर्तन, प्रसाद भोजन, ११ आवृत्ति रुद्रीपाठ जस्ता पूजाहरू गरिने कार्यक्रम रहेको छ। कार्यक्रम क्यानवेराको समयअनुसार दिनको ३ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सम्पूर्ण भक्तजनलाई निःशुल्क प्रवेशको व्यवस्था रहेकोले सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रम आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। 

महाशिवरात्री पूजाको लागि नगद दान गर्न इच्छुक भक्तजनहरूले आफ्नो इच्छा अनुसार ($5,$10,$20, $50) सनातन समाज अस्ट्रेलियाको बैंक एकाउन्टमा निम्न विवरण अनुसार दान गर्न सक्नुहुनेछ।

A/c Name: Sanatan Samaj Australia BSB: 032713 A/c: 508265

Ref: shivaratri puja

 सबैमा भगवानको कृपा सधैं प्राप्त भइरहोस्।

धन्यवाद 

अध्यक्ष तथा सम्पूर्ण परिवार

सनातन समाज अस्ट्रेलिया

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *