Latest Posts +

Popular Posts +

अन्तर्राष्ट्रिय नारी दिवसकोशुभकामना– HAPPY WOMEN’S DAY 2025

Kendra news
March 6, 2025

अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना – HAPPY WOMEN’S DAY 2025

प्रत्येक वर्ष, मार्च आठ मा अन्तर्राष्ट्रिय नारी दिवस (IWD) विश्वव्यापी उत्सवको रूपमा चिनिन्छ – इतिहासभरि महिलाहरूको उपलब्धि, योगदान र संघर्षलाई सम्मान गर्न समर्पित दिनको स्वरूप यो दिनलाई लिइन्छ। लैङ्गिक समानता तर्फको यात्रामा भएका प्रगति र अझै पनि अगाडि रहेका कामहरू प्रतिबिम्बित गर्ने यो अवसरको दिन पनि हो।

विश्वभरि, महिला-स्वामित्व भएका व्यवसायहरूले अर्थतन्त्रमा मात्र योगदान दिइरहेका छैनन्-तिनीहरूले यसलाई सामाजिक रूपान्तरण गरिरहेका छन्। प्राविधिक क्षेत्रमा महिलाहरूको बढ्दो संख्यादेखि महिलाहरूद्वारा स्थापित साना व्यवसायहरूसम्म, उद्यमशीलताको परिदृश्य परिवर्तन हुँदैछ। महिलाहरूले नयाँ परिप्रेक्ष्यहरू ल्याइरहेका छन्, सामाजिक परिवर्तनलाई मार्गदर्शन गरिरहेका छन् व्यापार तथा नेतृत्वको भावी पुस्ताका लागि थप समावेशी वातावरण निर्माण गरिरहेका छन्।

 विश्वव्यापीकरणको समय अनि जनसङ्ख्याको हिसाबले पनि पुरुषको जतिको हिस्सा ओगटेको भएपनि किन नारीहरू केही न केही रूपमाकेही तत्वहरूले ग्यापमा परेको जस्तो देख्न सकिन्छ यो उनीहरूलाई रोकिएको हो वा बाध्यता हो वा उनीहरूको इच्छा नभएको समयसँगै सबै कुराको परिमार्जन हुनको लागि  सचेतना जगाउनु आवश्यक हुन्छ। 

हुन त मातृत्वको जीवन पार गर्नु पारिवारिक सुधार तथा योजनामा महत्त्वपूर्ण भूमिका दिनुपर्दा अवश्य पनि केही समय त पछाडि नै पर्न सक्छ। तर यो कुरामा पुरुषहरुले पनि र पारिवारिक सदस्यहरुले पनि केही सहयोग गरे नारीले पनि अवश्य आफ्नो पहिचान दिन सक्छन्।

नेपालको सन्दर्भमा प्रथम राष्ट्रपति, प्रतिनिधि सभा प्रमुख, प्रधानन्यायाधीश, राजदूत तथा विभिन्न उच्च ओहदामा र व्यवसायिक हिसाबले नारीको नेतृत्वदायी भूमिका राम्रो देखिन्छ। अझै पनि दुर्गम तथा तल्लो लेभलको समुदायमा महिलाको सशक्तिकरण तथा सामुदायिक जनचेतना पुग्न नसकेको अवस्था देख्न पनि सकिन्छ।

संविधान र कानुनमा नारी समानता व्याख्या गरिएको भएपनि किन सामुदायिक सचेतनाको खाडल रहेको छ। कतिपय क्षेत्रहरूमा सफल महिला पनि सामुदायिक संलग्नतामा कम भएको उपस्थित देखिन्छ।
सतहमा हेर्दा अहिले महिला उद्यमी र नेतृत्वदायी भूमिकामा रहेको सङ्ख्या सबै क्षेत्रमा राम्रै देखिन्छ  पारिवारिक समस्या सामुदायिक अवरोध जस्ता प्रत्यक्ष रूपमा असर पार्ने तत्वहरुलाई समेत समाधान गरेर महिलाहरू लाई एक सफल नारीको रूपमा चिनाउनुभएको छ।

 अहिले नयाँ पुस्ताका नारीहरूले सङ्घर्ष गर्दै आफ्नो सफलता हासिल गर्न सकेका छन्।

अस्ट्रेलियाका लागि नेपाली महामहिम राजदूत

श्री चित्रलेखा यादव

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नारीहरूप्रति उच्च सम्मान गर्दै समाजले नारीहरूप्रति हेर्ने गरिने दृश्य दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने अपेक्षा गर्दै नारीहरू अझै सशक्त रूपमा सफलताको  कामना सहित नारी दिवसको शुभकामना

सङ्घर्ष सिकाइको निरन्तरता नै सफल हुनुको लागि आवश्यक तत्त्व हो। सामाजिक तथा पारिवारिक सकारात्मक दृष्टिकोणले नै नयाँ कार्य गर्न उत्प्रेरणा ल्याउँछ। केही सफल हुन मद्दत गर्दछ 

जब महिलाहरूलाई संस्थागत निर्णय प्रक्रियामा समावेश गरिन्छ, तब व्यवसाय र समुदायहरू फस्टाउँछन्।किनकि नेतृत्व भूमिकामा महिला प्रतिनिधित्वले विभिन्न दृष्टिकोणहरू ल्याउँछन् जसले नयाँपन र सामाजिक उत्तरदायित्वलाई बढावा दिन्छ। चाहे राजनीति, मनोरञ्जन, वा संस्थागत नेतृत्वमा नेतृत्व लिन सशक्त महिलाहरूले दिगो परिवर्तन सिर्जना गर्छन् जसले सबै समाजलाई फाइदा पुर्‍याउँछ।

चुनु केसी खड्का ,पोलिट ब्युरो सदस्य

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, नेपाल

नारिहरु हो एकअर्कका सहयात्री भएर एकजुट हौ।

 परनिर्भरता हैन स्वनिर्भर बनौ।आफ्नो हकअधिकार सुनिस्चित गर्न आर्थिक जोहको लागि कामको इज्जत सम्मान गर्दै क्षमता अनुसारको काम/कर्म गरौं !  ११५औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा  

 संसार भरि फैलेर रहनु भएका तमाम्  दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

आशा उपरकोटी ,

सचिव, अखिल क्रान्तिकारी विद्यार्थी संगठन नेपाल

महिलाहरूले न्याय र समानताका लागि, समान अधिकार, उचित पारिश्रमिक, हिंसा र भेदभावबाट स्वतन्त्रताको माग गर्दै आवाज दिनुपर्दछ।तर यस्तो भेदभावको चाँडै नै अन्त्य गरिनुपर्दछ। यो हामी सबैका लागि महत्त्वपूर्ण छ  लिंगको पर्वाह नगरी  एकतामा उभिनु र सबै ठाउँमा महिलाहरूको लागि अझ न्यायपूर्ण र समान संसार निर्माण गर्ने दिशामा काम गर्नु नारी दिवसको प्रमुख जिम्मेवारी रहन्छ।

रेश्मा बराल,

चार्टर एकाउन्टेन्ट-अष्ट्रेलिया , लाइफ कोच,

कार्यकारी सदस्यनेपलीज कम्युनिटी अफ न्यु क्यासल

: आफूले जीवनमा भोगेको सङ्घर्षले नै जीवन सिकाइको महत्व गराउँछ नयाँ कार्यको उत्प्रेरणा गराउँछ महिलाहरु पनि सफल उद्यमी तथा नेतृत्वदायी भूमिका गर्न मा योग्य हुन सक्छन् यसमा उसको निरन्तर धैर्यता उत्प्रेरणा कार्ययोजना हुनुपर्छ। एकचोटि केही कुरामा असफल हुँदैमा सम्पूर्ण जीवनमा नै असफल मात्र हुन्छ भन्ने मानसिकतालाई त्यागेर आगामी दिनमा नयाँ योजना सहित अगाडि बढे अवश्य पनि आफ्ना उद्देश्य पूरा गरी सफल हुनेछन्

मनिषा पौडेल

रजिस्टर नर्स, अस्ट्रेलिया

नेपाल जस्तो पितृसतात्मकमा आधारित भएको समुदायमा जसरी एक पुरुषलाई सफल बनाउनु महिलाले सबै सहयोग तथा त्याग गर्छ। त्यसरी नै महिलालाई सफल आफ्नो क्षेत्रमा बनाउन पुरुषहरूले पनि उत्तिकै उत्तरदायित्व भूमिका सहयोग उत्प्रेरणा दिनु आवश्यक हुन्छ। महिला सशक्तिकरण सहभागिता सृजनशीलता सचेतना जस्ता कार्यक्रम हरूले नै महिला तथा सिङ्गो समुदायको विकास सम्भव हुन्छ।

ममता पौडेल

अधिवक्ता, नेपाल

आजको यो महत्वपूर्ण अवसरमा हामी महिलाहरूले समाजका विभिन्न क्षेत्रमा पुर्याएका अतुलनीय योगदान उपलब्धिहरूलाई सम्झँदै, उनीहरूले दैनिक रूपमा सामना गरिरहेका चुनौतीहरूलाई पनि स्वीकार गरौँ। सामाजिक बाधा, लैङ्गिक भेदभाव अन्य असमानताहरूका बाबजुद, महिलाहरूले आफ्नो दृढ संकल्प अथक परिश्रमद्वारा हरेक क्षेत्रशिक्षा, स्वास्थ्य, व्यवसाय, राजनीति, कला तथा विज्ञानमा महत्वपूर्ण उन्नति हासिल गरेका छन्।

यस अवसरमा,हामीले महिलाहरूको सफलता योगदानको सम्मान गर्नुका साथै  उनीहरूले भोगिरहेका कठिनाइहरूलाई पनि उजागर गर्दै, भविष्यमा पूर्ण समानता, सम्मान न्याय सुनिश्चित गर्ने दृढ प्रतिबद्धता जनाऔं।

मञ्जु खत्री

महिला उद्यमी तथा समाजसेवी क्यानबेरा अस्ट्रेलिया

: हामीले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा, हरेक क्षेत्रमा नारीहरूले गरेका प्रशंसनीय प्रगतिहरू स्वीकार गर्न महत्त्वपूर्ण छ। तैपनि, यो पनि बुझ्नुपर्छ कि महिला सशक्तिकरण अझै सम्पन्न भएको छैन। यो काम निरन्तर जारी राख्नुपर्नेछ। हाम्रा पुराना असमान मानदण्डहरूलाई निरन्तर चुनौती दिन, महिलाका लागि अवसरहरू सिर्जना गर्न र जीवनका सबै क्षेत्रमा उनीहरूको आवाजलाई विस्तार गर्नमा पहल गर्नुपर्नेछ ।

सुस्मिता दाहाल

महिला उद्यमी तथा समाजसेवी अस्ट्रेलिया

:महिला नेता, उद्यमी र परिवर्तनकर्ताहरूको अर्को पुस्ता बढिरहेको छ। एकअर्कालाई माथि उठाएर, एकअर्काको उद्यमहरूलाई समर्थन गरेर, र सामाजिक असमानताहरूलाई चुनौती दिएर, हामी विश्वव्यापी महिलाहरूको लागि उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गर्न सक्छौं।

Comments

Trending