क्यानबेरामा हरितालिका तीजको रौनक -विभिन्न कार्यक्रम

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको रौनकले नेपाली समुदाय तातिँदै गएको छ। यस अवसरमा धेरै कार्यक्रमहरू आयोजना हुँदैछन्। क्यानबेरामा पनि ए न एफ एस पारिवारिक तीज साँझ (ANFS Family Teej Sanjha)  यही आउँदो अगस्ट २३ शनिबार साँझ ५:३० बजे अल्बर्ट हल मा चर्चित गायक रामजी खाड र शान्त रानी परियार को प्रस्तुति को साथ हुनेछ।

 

त्यस्तै रुपन्देही क्यानबेरा सामाजिक नेटवर्क (Rupandehi Canberra Social Network) ले आउँदो अगस्ट १५ शुक्रबार वेस्टर्न क्रीक हलमा कलाकार कृष्ण श्री कृष्ण बम मल्ल र लक्ष्मी मल्लको प्रस्तुति सहित तीज साँझ कार्यक्रम आयोजना गर्ने भएको छ ।

त्यसैगरी South Side Boys तथा Capital Business Group ले १७ अगस्टमा तीज डान्स पार्टी आयोजना गर्ने भएको छ जसको स्थान फिलिप क्यानबेरामा रहेको छ। जसमा महिला तथा बालबालिकाहरूको लागि निःशुल्क प्रवेश र खानाको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ। 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *