अमेरिकामा प्रवेश–निर्गमन गर्दा गैर–नागरिकको बायोमेट्रिक डेटा अनिवार्य

KNA

संयुक्त राज्य अमेरिकाले देशमा प्रवेश गर्ने वा बाहिरिने सबै गैर–नागरिकबाट अनुहारको बायोमेट्रिक डेटा अनिवार्य रूपमा संकलन गर्ने नयाँ नियम लागू गरेको छ। Collection of Biometric Data from Aliens Upon Entry to and Departure from the United States शीर्षकको यो नियम नोभेम्बरमा सार्वजनिक गरिए पनि डिसेम्बर २६ देखि पूर्ण रूपमा कार्यान्वयनमा आएको हो।

नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विमानस्थल, स्थल तथा समुद्री नाका लगायत सबै आधिकारिक प्रवेश–निर्गमन बिन्दुमा Facial recognition software प्रयोग गरिनेछ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (CBP) ले यसका लागि विशेष बायोमेट्रिक उपकरण जडान गरिसकेको र अन्य स्थानमा विस्तार भइरहेको जनाएको छ।

अमेरिकी गृह सुरक्षा विभाग (DHS) का अनुसार, यो प्रणालीले अपराधी वा शंकास्पद आतंककारी पहिचान गर्न, भिसा ठगी रोक्न, अवैध बसोबास पत्ता लगाउन तथा पहिल्यै निष्कासित व्यक्तिको पुनः अवैध प्रवेश रोक्न सहयोग गर्नेछ।

गैर–नागरिकबाट संकलित बायोमेट्रिक डेटा ७५ वर्षसम्म सरकारी प्रणालीमा सुरक्षित राखिने जनाइएको छ। तर अमेरिकी नागरिकको फोटो भने पहिचान प्रक्रिया सकिएपछि १२ घण्टाभित्र नष्ट गरिने DHS ले स्पष्ट पारेको छ।

यस नियमले पहिले दिइएका केही छुटहरू हटाएको छ र भविष्यमा क्यानाडाली नागरिक र कूटनीतिज्ञहरूमा समेत लागू हुन सक्ने संकेत गरिएको छ।

:The Nightly मा प्रकाशित भए अनुसार 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *