ओलीलाई छोए देशभर आन्दोलन हुने एमाले नेता महेश बस्नेतको चेतावनी

काठमाडौं, असोज २३ — नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही वा आक्रमणको प्रयास भए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।

भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई सावधान रहन आग्रह गरे। उनले ओलीप्रति भएको ‘राजनीतिक आक्रमण’को प्रतिवाद सडकदेखि सदनसम्म हुने बताएका छन्।

बस्नेतले आफू र एमाले नेतृत्व ‘कठिन परिस्थितिमा पनि पछाडि नफर्किने’ बताउँदै अघिल्ला राजनीतिक संघर्षहरूमा युवा शक्तिको भूमिका सम्झिए। उनका अनुसार एमाले ‘भ्रष्टाचारविरुद्धको छानबिनमा सहयोग गर्न तयार’ भए पनि त्यसको सुरुवात निष्पक्ष ढंगले हुनुपर्ने माग गरे।

“यदि छानबिन नै गर्नुपर्छ भने देशका ठूला घोटाला र जिम्मेवार व्यक्तिबाट सुरु गर्नुपर्छ,” उनले भने। साथै, उनले असोज २५ गते युवासंघले मोटरसाइकल र्‍यालीमार्फत शक्ति प्रदर्शन गर्ने घोषणा पनि गरे।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *