अस्ट्रेलिया स्थित नेपाली राजदूत को कार्यकक्षबाट  राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री केपी ओली को फोटो हटाइयो।

स्वतन्त्र प्रदर्शनकारी GEN -Z को प्रदर्शनलाई दबाउन नेपाल सरकारको  पक्षबाट भएको नरसंहार को विरोधमा आज अस्ट्रेलिया स्थित नेपाली राजदूतको कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री को फोटो झिकिएको छ। स्वतन्त्र नेपाली समूह र विभिन्न संस्थाका प्रतिनिधि एवं नवनिर्वाचित एनआरएनए अध्यक्ष ,महासचिव कोषाध्यक्ष र क्यानबेराका टिमले राजदूत अफिसमा GEN-Z को प्रदर्शनलाई एकबद्धता जनाउँदै आफ्नो ज्ञापनपत्रहरू बुझाएका छन्। र सरकार सँग तत्काल मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेका छन्। यसै सन्दर्भमा हाल प्रधानमन्त्री केपी शर्मा ओली लाई यस अवस्थामा नैतिक रुपमा प्रधानमन्त्री मान्न नसकिने हुनाले राजदूतको कार्यकक्षबाट फोटो निकाल्न समेत माग गरिएको थियो तदनुरूप राजदूत को कार्यकक्षबाट  राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री केपी ओली को फोटो हटाइएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *