अस्ट्रेलियाको क्यानबेरामा नेपाली समुदायद्वारा सञ्चालित सामाजिक संस्थाहरु — सम्पर्क अनि सदस्यता किन? (भाग ३)
KNA-Canberra
नोट:
यस रिपोर्ट श्रृङ्खलामा क्यानबेरास्थित नेपाली समुदायका विभिन्न सामाजिक संघ–संस्थालाई क्रमबद्ध रूपमा प्रस्तुत गर्दै जानेछौँ। क्रमसङ्ख्या केवल सूचीका लागि हो, कसैलाई माथि–तल देखाउने उद्देश्य होइन। सूचनाकै अभावमा कुनै संस्था छुटेमा क्षमाप्रार्थी हुनेछौँ र पछिल्ला श्रृङ्खलामा समेट्नेछौँ। आफ्नो संस्थाबारे थप जानकारी दिन इच्छुक संस्थाले कृपया विवरण उपलब्ध गराइदिनुहोला। यसले तपाईंको संस्थालाई समुदायमा अझ राम्रोसँग पुग्न सहयोग पुर्याउने छ भन्ने अपेक्षा गर्दछौं।
क्यानबेरा, अष्ट्रेलिया – क्यानबेरामा बढ्दो सक्रिय नेपाली समुदायसँगै विभिन्न सामाजिक संगठनहरु पनि सञ्चालनमा आइरहेका छन् । विभिन्न संस्थाको आफ्नै उद्देश्य कार्यक्षेत्र रहेका हुन्छन्। आफ्नै मूल्य मान्यता अनुसार सामुदायिक कामहरू गरिरहेका छन् तापनि एउटै मुख्य उद्देश्य चाहिँ नेपाली समुदायको हकहित, सहयोग र नेपालको पर्यटन प्रवर्धन सँगै सामाजिक सांस्कृतिक पहिचान गर्नु नै देखिन्छ।
अस्ट्रेलियाका लागि नेपालको राजदूत कार्यालय पनि अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको छ। यससँगै यहाँ दशकौं पुराना नेपाली सामाजिक संस्थाहरुले नेपाली समुदायको हकहितको लागि काम गर्दै आइरहेको देखिन्छ।
५. जनसम्पर्क समिति अस्ट्रेलिया ( JSSA)
६.नेपाली जन प्रगतिशील मञ्च अस्ट्रेलिया (NPPFA)
७.प्रवासी नेपाली मञ्च अस्ट्रेलिया (ONFA)
८.प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया (PNSBA)
प्रवासमा रहनु भएका नेपालीहरूलाई संगठित गर्दै नेपालका समसामयिक राजनीतिक, सामाजिक तथा नागरिक सरोकारका विषयहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित गरिएका यी संस्थाहरू अस्ट्रेलियाको क्यानबेरामा मात्र नभएर विश्वका धेरै देशहरूमा प्राय उस्तै नामले परिचित छन्।यी संस्थाहरू सामाजिक हकहितको साथै अप्रत्यक्ष रुपमा नेपालको राजनैतिक आस्थामा टेकेको भन्ने पाए तापनि (वैदेशिक नियम अनुसार) अस्ट्रेलियाको कानुन अनुसार यी संस्थाहरूले प्रत्यक्ष रूपमा अस्ट्रेलियामा नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न वा राजनीतिक कार्यक्रम गर्न पाउँदैनन्।
यी संस्थाहरूले मुख्यतया आफ्नो एरियामा आफ्नो क्षेत्रमा संगठनात्मक उद्देश्यले सामाजिक कार्यहरू जस्तै सामुदायिक पिकनिक, रक्तदान, अस्ट्रेलियामा नयाँ आएका र अप्ठ्यारो परिस्थितिमा साथ सपोर्ट नपाएका विद्यार्थी लाई सहयोग तथा परामर्श, रक्तदान, प्राकृतिक प्रकोप तथा अन्य विषम परिस्थितिमा नेपालमा सहयोगको लागि अनुदान जस्ता महत्त्वपूर्ण कामहरू गर्दै आएका छन् ।
५. जनसम्पर्क समिति अस्ट्रेलिया (JSSA)

जनसम्पर्क समिति अस्ट्रेलिया यो संस्था अस्ट्रेलियामा गतिशील तथा विभिन्न सामाजिक कार्यक्रममा अग्रसर भएर काम गरेको पाइन्छ । अस्ट्रेलियामा यो अस्ट्रेलियाको कानुन अनुसार Not for the Profit संस्था को रुपमा दर्ता भई विभिन्न सामाजिक कार्य गर्दै आएको पाइन्छ ।
गतिविधिहरू:
- सामुदायिक पिकनिक, रक्तदान कार्यक्रम।
- अस्ट्रेलियामा नयाँ आएका र कठिन परिस्थितिमा रहेका विद्यार्थीलाई सहयोग र परामर्श।
- नेपालमा प्राकृतिक प्रकोप तथा अन्य विपत्तिमा अनुदान।
- प्रवासी नेपालीहरूको हकहितको रक्षा।
यदि तपाईँहरू पनि यस संस्थामा सदस्य भई आफ्नो सामाजिक कार्य अगाडि बढाउन चाहनुहुन्छ सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क विवरण:
- अस्ट्रेलियाको लागि केन्द्रीय अध्यक्ष: सुरेश गुरुङ
- 0450302155
- क्यानबेरा सचिव: केदार चापागाईं
- Email: Janasamparkasamitiausgralia@gmail.com
- Website: https://janasamparka.org/country/australia/
६. नेपाली जन प्रगतिशील मञ्च अस्ट्रेलिया (NPPFA)

NPPFA प्रवासी नेपालीहरूलाई न्याय, समानता, स्वतन्त्रता, संघीय लोकतन्त्र, राष्ट्रियता, तथा हकहितको लागि संगठित र क्रियाशील बनाउने उद्देश्यले अस्ट्रेलियामा पनि Not for The Profit संस्थाको रुपमा दर्ता भई विभिन्न सामाजिक क्षेत्रमा कार्यक्रम गर्दै आएको छ। देशभक्ति र एकताको भावना जागृत गर्दै, प्रवासी नेपालीहरूको हकहितको रक्षा गर्ने, र समस्याहरू समाधान गर्न समर्पित रहने संस्थाले जनाएको छ। नेपालमा रहेका गरिब, असहाय, सहिद परिवारलाई विभिन्न कार्यक्रम अन्तर्गत राहत वितरण, दीर्घकालीन सहयोग ,आकस्मिक उपचार खर्च जुटाउन असमर्थ घरपरिवारको लागि सहयोग , प्राकृतिक विपत्तिमा सहयोग जस्ता कार्यक्रम गर्दै आएको छ।
गतिविधिहरू:
- देशभक्ति र एकताको भावना जागृत गर्नु।
- प्रवासी नेपालीहरूको हकहितको रक्षा।
- नेपालमा गरिब, असहाय, शहीद परिवारलाई राहत वितरण।
- आकस्मिक उपचार खर्च जुटाउन असमर्थ परिवारलाई सहयोग।
- प्राकृतिक विपत्तिमा सहयोग।
- सांस्कृतिक र जनचेतनामूलक कार्यक्रम
यदि तपाईँहरू पनि यस संस्थामा सदस्य भई आफ्नो सामाजिक कार्य अगाडि बढाउन चाहनुहुन्छ सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क विवरण:
- अस्ट्रेलियाको लागि केन्द्रीय अध्यक्ष: श्री दीपक पाण्डे
- क्यानबेरा अध्यक्ष: रमेश बेलबासे
- 0451 282 075
- Email: info@nppf.com.au
- Website: https://nppf.com.au/
- Facebook : NPPF Australia , NPPF ACT
७. प्रवासी नेपाली सम्पर्क विभाग अस्ट्रेलिया (PNSBA)

अस्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूको प्रभावकारी समन्वय र सहभागिता सुनिश्चित गर्न प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया अन्तर्गत १ केन्द्रीय समिति तथा ६ राज्य समिति गठन भइसकेका छन्। केन्द्रीय समितिले संस्थाको समग्र रणनीति निर्माण, नीति निर्देशन तथा राष्ट्रिय तहको समन्वयको भूमिका निर्वाह गर्दछ भने राज्य समितिहरूले स्थानीय तहमा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार, जनचेतनामूलक अभियान तथा समुदायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्।
यसका साथै, संस्थाले अस्ट्रेलियाका विभिन्न राज्यहरूमा अभिभावक तथा नयाँ आगन्तुक (New Comers) लक्षित जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ। विशेषगरी विद्यार्थीहरूलाई लक्षित गरी स्क्याम (ठगी) सम्बन्धी सचेतना, सुरक्षित रोजगारी खोज्ने उपायहरू, Job Placement सम्बन्धी मार्गदर्शन, साथै कानुनी र व्यवहारिक जानकारी प्रदान गर्ने कार्यमा संस्था सक्रिय रूपमा संलग्न छ। यस्ता कार्यक्रमहरूले नयाँ विद्यार्थी तथा नयाँ आगन्तुकहरूलाई अस्ट्रेलियामा सुरक्षित, सचेत र आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुर्याइरहेका छन्।
यसरी, प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया (PNSBA) ले प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्दै नेपालप्रतिको जिम्मेवारी, योगदान र सहभागितालाई संस्थागत, सशक्त तथा प्रभावकारी बनाउने सेतुको रूपमा निरन्तर भूमिका निर्वाह गर्दै आएको छ।
गतिविधिहरू:
- केन्द्रीय समितिले समग्र रणनीति, नीति निर्देशन, र राष्ट्रिय तहको समन्वय।
- राज्य समितिहरूले स्थानीय तहमा कार्यक्रम सञ्चालन, सदस्यता विस्तार, जनचेतनामूलक अभियान।
- नयाँ आगन्तुक र विद्यार्थीहरूलाई स्क्याम (ठगी) सचेतना, सुरक्षित रोजगारी मार्गदर्शन, Job Placement, कानुनी र व्यवहारिक जानकारी प्रदान।
- नियमित सांस्कृतिक र जनचेतनामूलक कार्यक्रम।
सम्पर्क विवरण:
- क्यानबेरा अध्यक्ष: सुरेन पुरी
- Email: act.committee@pnsba.com.au
- Phone: 0450 557 611
८. प्रवासी नेपाली मञ्च अस्ट्रेलिया (ONFA)

यो संस्था अस्ट्रेलियामा गतिशील तथा विभिन्न सामाजिक कार्यक्रममा अग्रसर भएर काम गरेको पाइन्छ । अस्ट्रेलियामा यो अस्ट्रेलियाको कानुन अनुसार Not for the Profit संस्था को रुपमा दर्ता भई विभिन्न सामाजिक कार्य गर्दै आएको पाइन्छ । देशभक्ति र एकताको भावना जागृत गर्दै, प्रवासी नेपालीहरूको हकहितको रक्षा गर्ने, र समस्याहरू समाधान गर्न समर्पित रहने संस्थाले जनाएको छ।
गतिविधिहरू:
- देशभक्ति र एकताको भावना जागृत गर्नु।
- प्रवासी नेपालीहरूको हकहितको रक्षा।
- समस्याहरू समाधान गर्न सामुदायिक पहल
- विभिन्न सांस्कृतिक र जनचेतनामूलक कार्यक्रम
यदि तपाईँहरू पनि यस संस्थामा सदस्य भई आफ्नो सामाजिक कार्य अगाडि बढाउन चाहनुहुन्छ सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क विवरण:
- क्यानबेरा अध्यक्ष: सुबास सुवेदी
- Facebook Page: ONF Australian Capital Territory
- Email: onfactcanberra@gmail.com
यी संस्थाहरूले अस्ट्रेलियामा प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक कार्यमा सहयोग पुर्याइरहेका छन् र नेपाल प्रतिको जिम्मेवारी, योगदान र सहभागितालाई सशक्त र प्रभावकारी बनाउने पुलको रूपमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
भाग ४ मा अन्य संस्थाहरु लिएर आउनेछौं
