|

क्लासिक माइग्रेसनको दोस्रो वार्षिकोत्सव क्यानबेरामा भव्य रूपमा सम्पन्न- अस्ट्रेलियामा नेपाली समुदायको विश्वास, सहयोग र सफल यात्राको दुई वर्ष

क्यानबेरा, अस्ट्रेलिया, अक्टोबर २०२५

क्लासिक माइग्रेसनले आफ्नो दोस्रो वार्षिकोत्सव क्यानबेरामा एक विशेष समारोहका साथ भव्य रूपमा सम्पन्न गरेको छ। यस कार्यक्रमले संस्थाको दुई वर्षे सफल यात्रा, समुदायसँगको सहकार्य र अस्ट्रेलियाको माइग्रेसन नीति सम्बन्धी प्रगति उजागर गरेको थियो।

कार्यक्रममा नेपाली समुदायका अगुवा, व्यवसायी, पेशेवर तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थापना यात्राको समीक्षा र आगामी योजना

क्लासिक माइग्रेसनका सञ्चालक निरज श्रेष्ठ ले क्लासिक माइग्रेसनको स्थापना कालदेखि हालसम्मको प्रगति प्रस्तुत गर्दै अस्ट्रेलियामा नेपाली विद्यार्थी र यस क्षेत्रमा आबद्धलाई परामर्श, भिसा, र अध्ययन सम्बन्धी सहयोगमा संस्थाको योगदान स्मरण गर्नुभयो। उहाँले क्यानबेरास्थित राज्य सरकारको माइग्रेसन रणनीति र तथ्याङ्कसहित नीति सुधारका बुँदाहरू पनि प्रस्तुत गर्नुभयो।

“अस्ट्रेलियामा कुशल जनशक्तिको माग बढ्दै गएको छ। राज्य सरकारका हालका नीति परिवर्तनहरूले विद्यार्थी र पेशेवर दुवैका लागि अवसरहरू अझै विस्तार गरेका छन्,”
— निरज श्रेष्ठ, सञ्चालक, क्लासिक माइग्रेसन

समुदायप्रतिको कृतज्ञता र भविष्यका प्रतिबद्धता

क्लासिक माइग्रेसनका सञ्चालक विवेक थापा ले कार्यक्रम सञ्चालन गर्दै उपस्थित सबै अतिथिहरू, साझेदार संस्था र समुदायका सदस्यप्रति आभार व्यक्त गर्नुभयो। उहाँले संस्थाको प्रगति समुदायकै विश्वास र सहयोगका कारण सम्भव भएको बताउँदै भविष्यमा अझ गुणस्तरीय परामर्श सेवा, छात्रवृत्ति सहयोग र रोजगारमुखी परियोजना सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।

“हामी नेपाली समुदायको विश्वासमा अडिएको संस्था हौँ। आगामी वर्षहरूमा अझ पारदर्शी, सहज र विद्यार्थीमैत्री सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता हो,”
— विवेक थापा, सञ्चालक, क्लासिक माइग्रेसन

यसैगरी कार्यक्रममा Canberra  College of Management and Technology का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) केशव नेपाल ले कलेजका शैक्षिक अवसर र क्यारेयर विकासका मार्गबारे जानकारी दिनुभयो। उहाँले क्लासिक माइग्रेसनसँगको सहकार्यले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र रोजगारीका अवसरमा सघाउने विश्वास व्यक्त गर्नुभयो।

“क्लासिक माइग्रेसन र हाम्रो कलेजको साझेदारीले अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन सहयोग गर्नेछ,”
— केशव नेपाल, ( Keshav Nepal)  CEO, Canvera College of Business and Technology

 

कार्यक्रमका विशेष अतिथि कृष्ण हमालले आर्थिक अवस्था, माइग्रेसन नीति र नेपाली समुदायको योगदानबारे केही तथ्याङ्कसहित प्रस्तुत गर्दै अस्ट्रेलियामा नेपालीहरूको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताउनुभयो। उहाँले युवाहरूलाई कानुनी र व्यवसायिक परामर्शमा सचेत रहन आग्रह गर्नुभयो।

कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम र अनुभव साटासाटको सत्रले वातावरणलाई झनै जीवन्त बनाएको थियो। सहभागीहरूले संस्थाको पारदर्शी सेवा र सामुदायिक संलग्नताको उच्च प्रशंसा गरे।

“हामी अस्ट्रेलियामा बसोबास, अध्ययन र करियरका अवसर खोज्ने प्रत्येक व्यक्तिको भरपर्दो सहयात्री बन्ने लक्ष्यका साथ अघि बढिरहेका छौँ। समुदायको विश्वास र सहयोग हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,” — क्लासिक माइग्रेसन टिम

कार्यक्रमको समापनमा क्लासिक माइग्रेसनले उपस्थित सबै अतिथिहरू, सहयोगी संस्था, र समुदायका प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी वर्षमा अझ व्यापक सामुदायिक संलग्नता र सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो।

क्लासिक माइग्रेसन अस्ट्रेलियामा स्थापित एक अग्रणी शिक्षा तथा माइग्रेसन परामर्श संस्था हो। संस्थाले विद्यार्थी, यस क्षेत्रमा आबद्धलाई अध्ययन, स्थायी बसोबास, भिसा परामर्श र करियर मार्गदर्शन सेवाहरू प्रदान गर्दै आएको छ।
सन् २०२३ मा स्थापना भएको यो संस्था हाल सिड्नी र क्यानबेरामा कार्यरत छ र निकट भविष्यमा अन्य राज्यहरूमा पनि सेवा विस्तार गर्ने तयारीमा छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *