आज साँझसम्मको नेपालको प्रमुख अपडेट 

आज साँझसम्मको नेपालको प्रमुख अपडेट 

शीतल निवासमा राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा करिब एक घण्टा लामो भेटवार्ता भएको छ। भेटमा समयमै निर्वाचन गराउने, राजनीतिक सहमति निर्माण गर्ने र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।

कांग्रेसका ७ नेताले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन ७० दिन बाँकी रहँदा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहित ७ जना नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। केही नेताले सर्तसहित र केहीले नयाँ पुस्तालाई अवसर दिन निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन्।

प्रधानमन्त्री कार्कीले ले प्रमुख तीन दलका तीन शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दै

प्रधानमन्त्री सुशीला कार्कीले आज शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डसँग निर्वाचनका विषयमा छलफल गर्दै छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने यो छलफल प्रधानमन्त्री बनेपछि कार्कीको पहिलो शीर्षस्तरीय राजनीतिक बैठक हो।

नागरिक उन्मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालबीच पुनः एकता

भदौमा विभाजन भएकी नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल शनिबार पुनः एकता गर्न लागेका छन्। रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीले अब एकता स्वीकार गरेको छ र एकीकृत पार्टीको नाम, झन्डा तथा चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टी नेपालकै रहने तय भएको छ।

प्रदीप ज्ञवालीको भनाइ: ‘तिलस्मी नेतृत्वले मुलुकलाई कहीँ पनि पुर्‍याउँदैन’

एमाले नेता प्रदीप ज्ञवालीले रास्वपा, मन्त्री कुलमान घिसिङ र मेयर बालेन शाहबीचको एकता प्रयासलाई अतिरञ्जना भएको बताएका छन्। सामाजिक सञ्जालमा ज्ञवालीले लेखेका छन्, “देश कुनै एक व्यक्तिले होइन, विचार, संस्था, प्रणाली र सामूहिकताले बनाउँछ। तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्‍याउँदैन।” उनले एकताको प्रयासमा रहेका केहीलाई सिंहदरबार जलाउने वा उत्सव मनाउने रूपमा आलोचना गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागितालाई सकारात्मक ठानेका छन्।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *