काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी का युवा नेताहरूले आज माइतीघर मण्डलमा भेला भई जेन- जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७५ सहिदलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। नेताहरूले हालको सरकारलाई केवल स्थितिको निरन्तरता मात्र भएको बताएका छन्।
कार्यक्रममा वक्ताहरूले जेन- जी आन्दोलनमा सहभागी र समर्थन गर्ने सबैको सपना पूरा गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले शान्तिपूर्ण रुपान्तरणमार्फत ‘रचनात्मक समीक्षा’ र ‘नवीनतम बुझाइ’ को मार्ग अवलम्बन गर्न आग्रह गर्दै, वैचारिक दासता र हठधर्मिताले देशलाई कमजोर बनाउन नहुने बताएका छन्।
Comments