|

डेनभरमा बोइङ ७३७ म्याक्स ८ दुर्घटना टर्‍यो, सबै यात्रु सकुशल

अमेरिकाको डेनभर विमानस्थलमा मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनाबाट जोगिएको छ। ल्यान्डिङ गियर फेल भएपछि टेकअफ रोकिँदा विमानको पछाडि आगो लागेको हो।

विमानमा १७९ जना सवार थिए। सबैलाई सकुशल विमानबाट निकालिएको छ। ६ जना सामान्य घाइते भए र १ जना अस्पताल भर्ना गरिएको छ।

टायरमा समस्या देखिएपछि विमान सेवा बाहिर राखिएको छ। दुर्घटनाका कारण ८७ उडान प्रभावित भएका छन्। बोइङ विमानहरूमा पछिल्ला दुर्घटनाले सुरक्षा चिन्ता बढाएको छ।

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *