मेलबर्नमा नेपाली माहोलसँगै हुने क्रूज पार्टी, संगीत र रमाइलोको तयारी पूरा
मेलबर्न, अस्ट्रेलिया — विवेक जङ खत्री / सन्देश कंडेल
मेलबर्नको समुद्री सुन्दरता बीच आउँदो सोमबार, नोभेम्बर १०, २०२५ का राती आयोजना हुने “Namaste Remittance Presents Cruise Party Melbourne” ले मेलबर्नस्थित नेपाली समुदायमा उत्साह र उत्सवको माहोल ल्याएको छ।
यो कार्यक्रम Nightscape द्वारा आयोजना हुँदैछ भने Bajra Events को सहकार्यमा प्रस्तुत गरिँदैछ। मेलबर्नको न्यानो हावा, समुद्री दृश्य र चम्किला बत्तीबीच आयोजना हुने यस क्रूज पार्टीलाई मेलबर्नको नाइटलाइफमा नेपाली पार्टी भाइब्स थप्ने अवसर का रूपमा लिइएको छ।
आयोजक टोलीका अनुसार, यो रात संगीत, रमाइलो र सम्झनाले भरिने विशेष अवसर हुनेछ।
कार्यक्रममा लोकप्रिय नेपाली डिजेहरूको प्रस्तुति रहनेछ:
- 🎧 DJ Rucane
- 🎧 DJ Harmonic
- 🎧 DJ Yonzan
यी कलाकारहरूले मेलबर्नका युवाहरूलाइ नेपाली शैलीमा रमाउने र उत्सव मनाउने माहोल दिने तयारी गरेका छन्।
कार्यक्रम विवरण
स्थान : 131 Harbour Esplande, Docklands VIC 3008
मिति : 10 Nov 2025
समय : साँझ ६ बजेदेखि
नोट : १८ वर्षमाथि कसले मात्र भाग लिने र टिकट Non Refundable हुनेछन्
जानकारीको लागि सम्पर्क: 0410944885 / 0420765454
