अष्ट्रेलियाको एज केयरर ( Aged care workers) तथा नर्सिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुले अक्टोबर महिनादेखि नयाँ न्यूनतम तलब दर पाउने भएका छन्। फेयर वर्क आयोगले गरेको निर्णयअनुसार, १ अक्टोबर २०२५ पछि सुरु हुने पहिलो पुरा भुक्तानी अवधि देखि यो नयाँ दर लागू हुनेछ।
तलब वृद्धि प्रत्यक्ष एज केयरर कर्मचारीहरू र केही नर्सिङ पदहरू मा कार्यरत श्रमिकलाई लागू हुनेछ। आयोगका अनुसार यो कदम एज केयरर क्षेत्रमा लामो समयदेखि उठाइँदै आएको तलब असमानता समाधान गर्ने प्रयास हो।
तर आयोगले स्पष्ट पारेको छ कि कतिपय कर्मचारीले यसअघि नै पूर्ण वृद्धि पाइसकेका छन्, भने उनीहरूलाई यस पटक अतिरिक्त वृद्धि पाउने छैनन्।
यसले एज केयरर ( Aged care workers) क्षेत्रमा कार्यरत कर्मचारीको योगदानलाई सम्मान गरेको बताइएको छ। संघ–संस्थाले यो निर्णयलाई सकारात्मक रूपमा लिँदै यसले कर्मचारीको मनोबल बढाउने र दक्ष श्रमिक आकर्षित गर्न मद्दत गर्ने बताएका छन्। भने साना सेवा प्रदायक संस्थामाथि वित्तीय दबाब थप्ने भन्दै सरकारसँग दीर्घकालीन दिगो वित्तीय संरचना सुनिश्चित गर्न आग्रह गरिएको छ।
फेयर वर्क आयोगले नयाँ तलब दर अनुसार भुक्तानी गर्न निर्देशन दिँदै कर्मचारीलाई पनि आफ्नो अधिकारबारे सचेत रहन आग्रह गरेको छ। अद्यावधिक तलब विवरण फेयर वर्क आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
Source: https://www.fairwork.gov.au/
Comments